Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

मातातीर्थको जग्गा भूमिहीन र जोताहाको पक्षमा छ : बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मातातीर्थ, महादेवस्थान, सतुङ्गल इचङ्गुलगायत क्षेत्रको जग्गा दर्ता गर्ने आफ्नो सरकारको पालामा गरिएको निर्णयमा कुनै कैफियत नरहेको प्रष्ट्याएका छन् । डा भट्टराईले लामो समयदेखि मोहीले कमाउँदै आएको हालको नेपाल ट्रष्टको नाममा रहेको जग्गा दर्ता गरिदिने उक्त निर्णय भूमिहीन र जोताहा किसानको पक्षमा रहेको बताए ।

तत्कालीन राजा महेन्द्रले फर्माइस विर्ता प्रथाअनुसार गरिब किसानलाई मोही बनाएर वितरण गरिएको जग्गापछि नेपाल ट्रष्टको नाममा ल्याइएता पनि उक्त जग्गा पूर्व राजपरिवारको नभएकाले वास्तविक जोताहा मोहीको नाममा जग्गा दर्ता गर्नका लागि तत्कालीन मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरेको पूर्वप्रधानमन्त्री भट्टराईले आजको प्रतिनिधिसभालाई जानकारी गराए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुई वर्षे उपलब्धिको विषयमा यही फागुन ३ गते प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने क्रममा मातातीर्थलगायतको जग्गा सरकारले फिर्ता ल्याउने प्रक्रिया अघि बढाएको जानकारी गराएका थिए ।

सोही विषय कोट्याउँदै डा भट्टराईले तथ्य प्रमाणअनुसार गरिएकाले उक्त निर्णय गलत नभएको जिकिर लिए । उनले यो जग्गा माफियाले चलखेल गरेको ललिता निवास प्रकरणजस्तो नभएको प्रष्ट पारे । डा भट्टराईले भने, “हामीले पनि जानेर नजानेर अन्त्यमा केही निर्णय गर्न पुग्यौँ, त्यो अलग्यै विषय हो, विल्कुलै भूमाफिया र केही व्यक्ति, सरकारी र कर्मचारीतन्त्रका मानिसले गरेको एउटा लुटै थियो, त्यो फरक प्रसङ्ग हो, त्यसबारे प्रक्रियामा गइसकेको हुनाले टुङ्गो लाग्ला ।” उनले ललिता निवासको विषय भने आफूले पछि मात्रै थाहा पाएको जिकिर गरे ।

उनले मातातीर्थको विषयलाई ललिता निवास प्रकरणसँग जोड्न नहुनेमा जोड दिए। पछिल्लो समयमा विभिन्न आशङ्का उब्जिएकाले आफूले त्यसलाई प्रष्ट पार्ने प्रयास गरेको बताए ।

डा भट्टराईले राजा महेन्द्रको पालामा फर्माइस विर्ता प्रथा रहेको र विसं २०१६ मा विर्ता उन्मूलन भए पनि उन्मूलन नभएकाले राजा महेन्द्रले २०२६ सालमा राजपत्रमा जारी गरी पुनः दर्ता खुला गरेको बताए । उक्त सूचनामा राजाले ‘हाम्रो हक परित्याग गरेका छौँ, त्यो रैकर हुने छ त्यसलाई रैकरमा दर्ता गरियोस्’ भनेर उल्लेख भएको डा भट्टराईले बताए । त्यस समयमा विभिन्न कारणले विपन्न परिवारका सदस्यले जग्गा दर्ता गर्न नपाएकोसमेत उनले बताए ।

विसं २०४६ मा राजाको स्वकीय सचिवालयका केही सदस्यले दर्ता नगराएको प्रसङ्ग जोड्दै उनले विसं २०६७ मा नेपाल ट्रष्ट ऐन आयो । त्यो बेला राजपरिवारमा भएको जग्गा स्वतः नै ट्रष्टमा जान्छ भनेर सबैले एकमतले निर्णय गरेको समेत उहाँले जानकारी दिनुभयो । उनले भने, “त्यो रैकर भइसकेको जग्गा थियो, त्यो राजाको नाममा गलत ढङ्गले दर्ता गरिएको थियो, त्यसैले पीडित किसानले उजुरीसमेत गरेका थिए ।”

महान्यायाधिवक्ताको कार्यालयले २०६७ सालमा महत्वपूर्ण प्रतिवेदन बनाएको र त्यसैको सबैले अनुशरण गरेको उल्लेख गर्दै उनले आफ्नो सरकारले समेत सोही प्रतिवेदनको अनुशरण गरेको बताए ।

उक्त प्रतिवेदनमा हाल ट्रष्टमा आएका भनिएका जग्गा कुनकुन जग्गा वास्तविक ट्रष्टका हुन् वा हैन भन्ने विषयमा कानूनीभन्दा नीतिगत प्रश्न रहेको देखिँदा नेपाल सरकारले नीतिगत निर्णय गर्नुपर्ने देखिन्छ भन्ने उल्लेख रहेको डा भट्टराईले बताए ।

भूमिसुधार मन्त्रालयले २०६८ सालमा बनाएको अर्को समितिले पनि सोही प्रतिवेदनलाई आधार लिएको र पछि कानून मन्त्रालयको राय माग्दा पनि सोहीअनुसार नै राय दिएको डा भट्टराईले बताए । “त्यस कारण विसं २०६९ भदौ १ मा आफूले जानी बुझी नै उक्त निर्णय लिएको हुँ”, डा भट्टराईले थपे। उनले मालपोत कार्यालय कलङ्कीले पनि कार्यविधि पूरा गरेको देखिएको पछि तत्कालीन पुनरावेदन अदालतको आदेशमा देखिएको डा बताए ।

तत्कालीन समयमा गोरखापत्रमा समेत सार्वजनिक सूचना जारी भएको र स्वयं ट्रष्टले पनि सूचना जारी गरेको उनको भनाइ थियो । त्यहाँ रहेको जग्गामा भूमाफियाले लाभ लिएको नभई वास्तविक पीडितले लिएको उनको जिकिर थियो । यो विषयमा नेपाल ट्रष्टलाई थाहा छैन भन्नु अर्थहीन कुरा भएको डा भट्टराईको भनाइ थियो ।

डा भट्टराईले तत्कालीन पुनरावेदन अदालतल पाटनले समेत मालपोत कार्यालय कलङ्कीको निर्णण अन्यथा नभनेको प्रसङ्ग जोड्दै त्यसमा जग्गा मिचेको भन्ने नदेखिने भनेकाले जोताको किसानको नाममा दर्ता हुनु राजनीतिक रुपमा सही छ भने । उनले आफूले कुनै कैफियत नगरेको दाबी गरे ।

आशङ्कातिर जान नहुनेमा जोड दिँदै उनले देशमा भ्रष्टाचार क्यान्सर रोगझै फैलिरहेको अवस्थामा सामूहिक उपचार गर्नुपर्ने बेला एक अर्कालाई दोषारोपण गर्नु गलत भएको बताए। सबैलाई दोष लगाउँदा वास्तविक चोर उम्कन सक्नेतर्फ उनले ध्यानाकर्षण गराए । यसलाई विषयान्तर गर्न खोजिएको भन्दै उनले वर्तमान समयमा आफूलगायत सबैको सम्पत्ति छानबिन गर्ने बेला आएको समेत बताए ।

संविधान संशोधनका विषय बाहिर आएको कुरा जोड्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र समानुपातिक संसद्को व्यवस्था गर्नका लागि संविधान संशोधन जरुरी रहेको बताए ।–नारायण ढुङ्गाना÷सुशील दर्नाल, रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE