Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

कक्षा १०का विद्यार्थीले बनाएको गाडी चलाएरै देखाएपछि...

कास्की । आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई दङ्ग पारे ।

विद्यालयको २७ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैँले बनाएको विद्युत्बाट चल्ने गाडी९गो कार्ट० चलाएरै देखाएपछि सबैको स्यावासीमात्र पाएनन् विद्यालयले उनलाई सम्मान पनि ग¥यो । उनीसँगै विद्यालयका विज्ञान शिक्षक योगराज पौडेललाई पनि कार्यक्रममा सम्मान गरियो ।

उनले बनाएको गाडी आफैँले मात्रै चलाएनन् अभिभावक दिवसका प्रमुख अतिथि पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समेत चलाए । सिकेका विषयलाई व्यवहारमा उतारेको भन्दै गुरुङले चँदराको प्रशंसा गरे ।

विज्ञान तथा प्रविधिमा रुचि राख्ने १६ वर्षीय चँदरा सामान्य परिवारका विद्यार्थी हुन् । विद्यालयमा सिकेको विषयलाई टपक्क टिप्दै त्यसलाई व्यवहारमा उतार्ने चँदरामा जिज्ञासु स्वभाव रहेको विद्यालयका प्रिन्सिपल विष्णुहरि पौडेल बताउछन् । “उनी जिज्ञासु छन्, यस अघि पनि उनले डोजर, जेसिभी, हाइड्रोलिक ब्रिज, सानो गाडी आदि बनाइसकेका छन्”, पौडेलले भने ।

हरेक विद्यार्थीमा हुने सिर्जनात्मकताको विकासका लागि विद्यालय परिवार एवं अभिभावकको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । विद्यालयले गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्दै आफ्ना शैक्षिक कार्यक्रम अघि बढाइरहेको पौडेलले बताए ।

पर्वतको कुष्मा नगरपालिका–१ पाङ स्थायी बसोवास भई पेशा एवं व्यवसायका क्रममा चँदराको परिवार अहिले पोखरा–२७ रिठेपानीमा बस्दै आएको छ । उनका बुबा सोमबहादुर चँदराले रिठेपानीमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका छन् । बुबाले ग्रिल उद्योग चलाएका कारण गाडी बनाउनका लागि सामग्री जुटाउन आफूलाई निकै सजिलो भएको रुपेशले बताए ।

“झण्डै २० दिनमा तयार गरेको गाडीका सामग्री सङ्कलन गर्न मात्रै लगभग रु एक लाख २० हजार जति खर्च भएको छ”, उनले भने । आफूलाई नयाँ नयाँ सिर्जनाका लागि विद्यालय परिवारका साथै घरपरिवारबाट राम्रो साथ सहयोग प्राप्त भएको उनले बताए ।

विद्यालयका विद्यार्थीको सिर्जनात्मकता आफूहरूका लागि गौरवको विषय भएको संस्थापक देवी खड्का बताउछन् । विद्यार्थीले नयाँ नयाँ सिर्जनाका साथै विभिन्न ठाउँमा भएका प्रतियोगितामा आफूलाई अब्बल सावित गरिसकेको बताउँदै उनले उनीहरूको सिर्जनात्मकतालाई उजागर गर्दै त्यसको वातावरण निर्माणका लागि विद्यालय सधैँ तयार रहेको उल्लेख गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE