काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विकास र समृद्धिको नयाँ युगतिर जाने जमर्को गरिराखेको बताएका छन् । नेपाल पोल्ट्री महासङ्घले आजदेखि यहाँ आयोजना गरेको नेपाल पोल्ट्री अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० को उद्घाटन गर्दै उनले व्यवसायका क्षेत्रमा अनुसन्धान र उत्पादकत्वबारे अध्ययन हुनुपर्ने बताए ।
विश्वभरका विभिन्न कम्पनी र तिनका प्रतिनिधिलाई यहाँ देख्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउँदै उनले नयाँ प्रविधि बुझेर त्यसलाई प्रयोग गर्न सिक्ने आधार बन्दै गएको बताए । उउनले भने, “यो प्रदर्शनी नेपालको समग्र विकासको प्रयासमा एउटा नयाँ योगदानको आधार भएको महसुस गरेको छु । यसले पोल्ट्री व्यवसायको मात्र नभएर समग्र आर्थिक र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँछ ।”
“हामीलाई विगतका थुप्रै नकारात्मक विराशतले पछ्याइरहेको छ,” विगतका नकारात्मक कुरालाई अन्त्य गर्नुुपर्नेमा जोड दिँदै उनले भने, “व्यवसायका क्षेत्रमा विभिन्न ठाउँमा अनुसन्धान, प्रयोग र उत्पादकत्व वृद्धि गरी देशलाई आत्मनिर्भर बनाउने सन्दर्भमा विभिन्न क्षेत्रमा पहल कदमी भइरहेको अनुभूति हुन थालेको छ ।”
कार्यक्रममा महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले नेपालको पोल्ट्री व्यवसाय हाल सङ्कटमा रहेको भन्दै सरकारबाट अपेक्षाकृत सहयोग हुन नसकेको गुनासो गर्नुभयो । तीन दिनसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रदर्शनी मिडिया स्पेस सोलुसन्स प्राली तथा फ्युचरेक्स एण्ड इभेन्ट प्रालीको सहकार्यमा भएको हो ।
प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रको सुदृढीकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्टस्, डेरी, पोल्ट्री, दाना, ह्याचरी र मासुजन्य उद्योग लगायतको सम्पूर्ण पशुपक्षीपालन लगायतका विषयमा जानकारी दिइनेछ ।
यस्तै नेपाल भेटेनरी सङ्घको सहकार्यमा चारदिने पोल्ट्री पाठशालाको आयोजना गरिने महासङ्घका उपाध्यक्ष टीकाराम पोख्रेलले जानकारी दिए । २०० वटा कक्ष रहेको सो प्रदर्शनीमा नेपाली पोल्ट्री क्षेत्रका अग्रज उद्योगपति, स्थापित व्यवसायी क्षेत्रगत पेशाकर्मी तथा समग्र किसान लगायतको प्रत्यक्ष संलग्नता रहेको जानकारी दिए ।
प्रदर्शनीमा नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि उद्योग केन्द्र, नेपाल उद्योग वाणिज्य महासङ्घसँगै भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिङ्गापुर, ताइवान, इटाली, इजराइल, बङ्ग्लादेश लगायतका देशका पोल्ट्री कम्पनीको सहभागिता छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: