सुर्खेत । कर्णाली प्रदेश सरकारले सेवा प्रवाहलाई सहज र छरितो बनाउन सबै मन्त्रालयका भवन एउटै स्थानमा निर्माण गर्ने योजना अघि सारेको छ ।
सङ्घीय सरकारका अधिकांश मन्त्रालय सिंहदरबार परिसरमा भएजस्तै प्रदेश सरकारले पनि त्यही स्वरुपमा मन्त्रालयका भवन निर्माणको तयारी गरेको हो । तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय रहेका भवनबाट हाल प्रदेश प्रशासन चलिहरेको छ । पुराना, साँघुरा र जीर्ण भवन हुनु, मन्त्रालय टाढाको दूरीमा रहँदा सेवाग्राहीलाई समस्या भएको प्रदेश सरकारको निष्कर्ष छ । यसको दीर्घकालीन समाधानका लागि एउटै हाताभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै मन्त्रालय रहने गरी भवन निर्माण गर्न लागिएको हो ।
भवन निर्माणका लागि पूर्वाधार विकास निर्देशनालयले गत आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) समेत तयार गरिसकेको थियो । ‘केन्द्रीय सचिवालय भवन निर्माण’ नाम दिइएको उक्त आयोजनाका लागि जग्गाको छनोट भइसकेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको दक्षिणतर्फ रहेको दुई बिघा जग्गामा मन्त्रालयका भवन निर्माण हुनेछन् । सिंहदरबारकै स्वरुपमा एउटै हाताभित्र मन्त्रालयका भवन निर्माण गर्ने र चार वटा गेट राख्ने प्रदेश सरकारको योजना छ ।
पूर्वाधार विकास निर्देशनालयका निर्देशक वासुदेव पौडेलले प्रदेश सरकारको केन्द्रीय सचिवालयको भवन निर्माणका लागि चालू आर्थिक वर्षभित्रै टेण्डर आह्वान भई निर्माण शुरु हुने बताए । यसका लागि प्रदेश सरकारले सुर्खेत उपत्यका नगर विकास समितिलाई जग्गा भोगचलनका लागि आग्रह गरेको छ । निर्देशक पौडेलले भोगचलन अनुमति पाइसकेपछि टेण्डर प्रक्रिया शुरु हुने बताए । पहिलो चरणमा दुई वटा भवन निर्माण गरिनेछ । जसका लागि चालू आवमा रु २० करोड विनियोजन गरिएको छ । त्यसपछि क्रमशः अन्य मन्त्रायलका भवन निर्माण हुनेछन् । उक्त क्षेत्रमा भूमिगत पार्किङसहित चारतले भवन निर्माण गरिनेछ ।
निर्देशनालयका अनुसार डिपिआरमा एउटै भवनमा दुईवटा मन्त्रालय रहने प्रस्ताव गरिएको छ । चार वटा भवन निर्माणका लागि रु ५१ करोड ७६ लाख खर्च हुने अनुमान छ । जग्गाको स्वामित्व रहेको सुर्खेत उपत्यका नगर विकास समितिका अध्यक्ष वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले भोगचलनका लागि सङ्घीय सरकारको शहरी विकास मन्त्रालयसमक्ष अनुरोध गरिएको बताए । सहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जग्गा भोगचलनको निर्णय गरेपछि प्रदेश सरकारलाई भवन निर्माणको बाटो खुल्नेछ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: