Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

बालविवाहले यसरी लिइरहेछ ज्यान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ की १७ वर्षीया युवतीको गत साउनमा विष सेवन गरी मृत्यु भयो। जनजाति ती युवतीले दलित युवकसँग बिहे गरेकी थिइन्। परिवारले अन्तरजातीय बिहे स्विकारेन। दाम्पत्य जीवन एक वर्ष नटिक्दै उनले आत्महत्या गरिन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - डुडुवा गाउँपालिका–५ की १८ वर्षीया युवतीले गत भदौमा आत्महत्या गरिन्। उनको प्रेमविवाह मुस्किलले सात महिना टिक्यो। तनाव सहन नसकेपछि उनले झुन्डिएर आत्महत्या गरिन्।

खजुरा गाउँपालिका–५ का १९ वर्षका युवकले अन्तरजातीय र अन्तरधार्मिक बालविवाह गरे। हिन्दु धर्म मान्ने ती युवकले मुस्लिम युवतीसँग प्रेमविवाह गरेका थिए। सुरुमा परिवारले स्विकारेन। नवदम्पती ६ महिना भारतमा बसे। जेनतेन परिवारले स्विकार्‍यो। त्यसपछि तगारो बन्यो, दाइजो। बिहेको एक वर्षभित्रै गत असारमा उनले आत्महत्या गरे।

बाँकेमा चालु आर्थिक वर्षको साढे ७ महिनामा अकालमै ज्यान गुमाउने बालबालिकाको संख्या सात पुगेको छ। आत्महत्या गर्नेको संख्या भने १० रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

बाँके प्रहरीको चार वर्षको तथ्यांकअनुसार आत्महत्या गर्नेमध्ये ६३.१३ प्रतिशत २० वर्षमुनिका छन्। यस अवधिमा दुई सय ६ आत्महत्या भएकोमा एक सय २८ जनाको उमेर २० वर्षमुनिको थियो।

२० वर्षमुनिका आत्महत्यामध्ये ५० प्रतिशत त बालविवाहपछि आत्महत्या गर्नेहरू रहेको जिप्रका बाँकेका प्रवक्ता डीएसपी शिवबहादुर सिंह बताउँछन्।

‘बालविवाहपछि आत्महत्या गर्ने युवतीको संख्या अझ डरलाग्दो छ। आत्महत्या छोरीको संख्या ९५ प्रतिशत छ’, डीएसपी सिंहले भने, ‘उमेर नपुग्दै बिहे गर्छन्। पारिवारिक थिचोमिचो सहन नसकेर आत्महत्याजस्तो गलत बाटो रोज्न पुग्छन्।’

चार वर्षमा २० वर्षमुनिका ९४ जना बालिकाले आत्महत्या गरेका छन्। यीमध्ये बालविवाहपछि आत्महत्या गर्नेको संख्या ६९ छ। यसमा २० वर्षमुनिका ७३.४३ प्रतिशत छन्।

सबैभन्दा बढी २० वर्षमुनिको आत्महत्या ०७५/७६ मा ६७.३४ प्रतिशत भएको थियो। गत वर्ष भएका ४९ आत्महत्यामध्ये ३३ वटा २० वर्षमुनिकै थिए।

अघिल्लो वर्ष ०७४/७५ मा ६६.६६ प्रतिशत २० मुनिकाले आत्महत्या गरेका थिए। ६३ आत्महत्यामध्ये ४२ जना २० वर्षमुनिका थिए। ०७३/७४ मा पनि ६१.३३ प्रतिशत २० वर्षमुनिका थिए। यस अवधिमा ७५ आत्महत्यामध्ये ४६ जना २० वर्षमुनिका थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy