काठमाडौं । एशिया इस्टर्न रीजन टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत हङ्कङविरुद्धको खेलमा नेपाल पराजित हुन पुगेको छ।
हङ्कङले दिएको १५५ रनको चुनौती पछ्याउने क्रममा नेपालका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै पवेलियन फर्किएपछि नेपालले हार बेहोरेको हो।
नेपालले सबै खेलाडी गुमाउने क्रममा १८. १ ओभरमा १११ रन मात्र बनाउन सक्यो।
पहिलो दिनको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको थियो।।
यो सँगै नेपालको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना निकै न्यून बनेको छ।
एशिया कपको छनोटको रुपमा रहेको जारी प्रतियोगितामा शीर्ष दुई टोली मात्र छनोट हुनेछन्।
युवा खेलाडी कुशल मल्ललाई पुनस् प्रारम्भिक ब्याट्सम्यानको जिम्मा दिइएको खेलमा नेपालको मध्यक्रम फेरी एकपटक असफल सावित हुन पुग्यो।
कुशल १९ रन बनाएर आउट भएपछि आएका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै आउट हुन पुगे।
पारस खड्का ४, दीपेन्द्र सिंह ऐरी ५, विनोद भण्डारी ५, पवन सर्राफ १ रनमा खुम्चिएपछि नेपाल हारतर्फ अग्रसर भएको थियो।
कप्तान मल्लले एउटा इन्डबाट खेल सम्हाल्ने प्रयास गरिरहँदा उनलाई सहकर्मी ब्याट्सम्यानहरुले राम्रो साथ दिन सकेनन्।
फलतस् १६ औं ओभरमा मल्ल पनि स्टम्पिङको सिकार हुन पुगे। दोस्रो पटक अर्धशतक बनाउनबाट चुकेका उनले ४६ रन बनाउने क्रममा चार चौका र एक छक्का प्रहार गरेका थिए।
आरिफ शेखले केही समय सङ्घर्ष गर्दे १० रन जोडेका थिए।
उनीपछि आएका अलराउन्डर करण केसीले खेलमा केही आशा थप्न खोजेका थिए। एउटा विशाल छक्का प्रहार गरेपनि फेरी त्यस्तै शट् प्रहार गर्ने क्रममा उनी पनि ७ रनमा आउट हुन पुगे।
अन्तिम ब्याट्सम्यान अविनाश बोहराले १२ रन बनाए।
थाईल्यान्डको टेर्डथाइ किक्रेट मैदान भएको आफ्नो दोस्रो खेलमा नेपालले हङ्कङबाट १५५ रनको चुनौती पाएको छ।
२० ओभर ब्याटिङ गर्ने क्रममा हङ्कङले ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।
नेपालका लागि स्पीनर सन्दीप लामिछाने र युवा बलर सुशन भारीले दुई-दुई र कुशल मल्लले एक विकेट लिएका थिए।
हङ्कङका एक ब्याट्सम्यान रन आउट भएका थिए।
यसअघि आफ्नो पहिलो खेलमा शनिवार नेपाल मलेशियाबाट २२ रनले पराजित भएको थियो।
यो प्रतियोगितामा थाइल्यान्ड, मलेसिया, सिङ्गापुर र हङ्कङ समावेश छन्।
सबै सहभागी राष्ट्रले एकअर्का विरुद्ध खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले अगस्टमा कुवेत र यूएईसँग खेल्नेछ।
मलेशियामा हुने सो प्रतियोगिताबाट सेप्टेम्बरमा पाकिस्तानमा हुने टी२० एशिया कप खेल्ने देश छनौट हुनेछ।
एशिया कपमा भारत, श्रीलङ्का, बाङ्ग्लादेश र अफगानिस्तान पनि सहभागी हुनेछन्।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: