काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्।
६८औँ संसद् दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई संकटमा पार्ने काम कसैबाट पनि हुन नहुनेमा जोड दिए।
आङदेम्बेले नेतृत्वको अकर्मण्यता र दूरदृष्टिको अभावलाई ढाकछोप गर्न शासकीय स्वरूपमाथि प्रश्न उठाउने प्रवृत्ति बढ्दै गएको टिप्पणी गरे। सात प्रदेश र तीन तहको सरकारसहितको वर्तमान संघीय संरचना नेपाली जनताको लामो राजनीतिक संघर्षको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले कुनै लहर, आवेग वा उत्तेजनाका भरमा यसलाई अनिर्णयको बन्दी बनाउन नहुने बताए।
उनले भने, “आज हामी त्यही शासकीय स्वरूपमाथि धावा बोल्ने अवस्थातर्फ फर्किएजस्तो अनुभूति भइरहेको छ, जुन राम्रो संकेत होइन। हाम्रो अकर्मण्यता र अपरिपक्व सोचको दोष शासकीय स्वरूपमाथि थोपर्न थालिएको छ। पर्याप्त अभ्यास नै नगरी यसमाथि प्रश्न उठाउनु उचित हुँदैन।”
उनले संघीय शासन प्रणालीअन्तर्गतका संरचनालाई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। वर्तमान व्यवस्था ऐतिहासिक उपलब्धि भएकाले यसप्रति अनावश्यक संशय सिर्जना गर्ने काम कसैले पनि गर्न नहुने उनको भनाइ थियो।
आङदेम्बेले संसद् दिवसलाई केवल औपचारिक उत्सवका रूपमा सीमित नराखी देश र जनताप्रतिको दृढ प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा मनाउनुपर्ने बताए।
उनले उक्त प्रतिबद्धतालाई ठोस अठोट र कार्यान्वयनमा रूपान्तरण गर्दै लोकतान्त्रिक प्रणालीलाई थप प्रभावकारी बनाउन सबै राजनीतिक दल तथा सरोकारवालालाई साझा रूपमा अघि बढ्न आह्वान गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १६ गते, २०८३ - ११:३५
काठमाडौँ। चार पटकको च्याम्पियन जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध बनाउँदै पाराग्वे फिफा विश्वकप–२०२६ को प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिका...
आषाढ़ १६ गते, २०८३ - ११:०४
काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी हाँस तथा कुखुरा नष्ट गरिएको छ । केही हप्तादेखि बर्डफ्लु सङ्क्रमणका कार...
आषाढ़ १६ गते, २०८३ - १०:५६
काठमाडौँ। मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । मेक्सिकोको मोन्टेरे स्...
आषाढ़ १६ गते, २०८३ - १०:४६
झापा। जल तथा मौसम विज्ञान विभागले यही असार १६ र १७ पूर्वी तराईसहित देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान गरेपछि जिल्ला प्रशासन...
आषाढ़ १६ गते, २०८३ - १०:३६
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता भएको बताएका छन्। ६८औँ...
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...



प्रतिकृया लेख्नुहोस्: