Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सिरहामा तीन हजार ७०९ छोरीको बीमा

लहान । प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सिरहाका सबै स्थानीय तहमा छोरी शिक्षा बिमा शिविर सकिँदा तीन हजार ७०९ छोरीको बिमा गरिसकिएको छ । छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीहरुको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश २ को आठ वटै जिल्लाका स्थानीय तहमा छोरी शिक्षा बिमा शिविरहरु सञ्चालन गरेर छोरीहरुको बिमा गरिएको हो ।

सिरहाको १७ वटै स्थानीय तहमा छोरी शिक्षा बिमा शिविर सञ्चालन गरिएको हो । सिरहा नगरपालिकामा सबैभन्दा बढी ४९० र सबैभन्दा कम विष्णुपुर गाउँपालिकामा ९० छोरीको बिमा गरिएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिनुभयो । यसैगरी लहान नगरपालिकामा ४७२, मिर्चैया नगरपालिकामा २२०, सखुवानन्कारकट्टी गाउँपालिकामा १०४, कल्याणपुर नगरपालिकामा १९७, कर्जन्हा नगरपालिकामा २२९, नरहा गाउँपालिकामा ९३ र अर्नमा गाउँपालिकामा १२० छोरीको बिमा गरिएको छ ।

यस्तै गोलबजार नगरपालिकामा ३८४, धनगढीमाई नगरपालिकामा २९४, बरियारपट्टी गाउँपालिकामा १५४, औरही गाउँपालिकामा १४२, लक्ष्मीपुर पतारी गाउँपालिकामा २४५, भगवानपुर गाउँपालिकामा १४२, नवराजपुर गाउँपालिकामा १२२ र सुखीपुर नगरपालिकामा २११ छोरीको बिमा गरिएको छ ।

विसं २०७५ माघ १ देखि जन्मिएका छोरीको बिमा गरिएको संयोजक विश्वकर्माले बताए । विसं २०७५ माघ १ गते यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरिदिने घोषणा गरे अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि स्थानीय तहमै पुगेर छोरीहरुको बिमा गर्ने उद्देश्यकासाथ शिविरमार्फत बिमा कार्यक्रमलाई अगाडि बढाइएको हो ।

छोरीहरूको बिमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एक जनाको नागरिकता र छोरी तथा अभिभावकको ६÷६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको छ । शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरु, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ ।

विसं २०७५ माघ १ पछि जन्मेका छोरीहरुको रु एक लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई वृद्धि गरी यो वर्ष रु तीन लाख पुर्याएको छ । शुरुमा २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएका छोरीहरु रु एक लाखको बिमा मात्रै थियो, तर यो बर्षदेखि त्यसलाई बढाएर रु तीन लाख पुर्याइएको हो । छोरी शिक्षा बिमाअन्तर्गत हालसम्म प्रदेश २ मा करिब १५ हजार छोरीहरुको बिमा गरिसकिएको छ । यसअघि नै बिमा गराइसकेका छोरीहरुले पनि यो सुविधा पाउने प्रदेश २ का मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतेश मिश्रले बताए ।

यसका साथै यसै अभियानअन्तर्गत प्रदेश २ का अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई पनि प्रतिमहिना रु ५०० दिने योजनासमेत रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यसै आर्थिक वर्षदेखि यसलाई पाइलट प्रोजेक्टको रूपमा शुरु गरिनेसमेत जनाइएको छ ।

यो अभियानमा स्थानीय सरकारहरुसँग समेत सहकार्य गर्न लागेको र स्थानीय सरकारले सहयोग गरे यो रकमलाई २० वर्षमा रु २० लाख पुर्याउने लक्ष्य लिएको जनाइएको छ । प्रदेश २ सरकारले मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेश २ को ८ वटै जिल्लाका सामुदायिक विद्यालयहरुमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकलसमेत वितरण गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy