एजेन्सी । नयाँ कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा १ सय ९७ पुगेको छ।
प्रकोप सुरु भएयता सङ्क्रमण हुनेको सङख्या एक दिनमै धेरै बढेपछि मृत्यु हुनेको सङ्ख्या यति पुगेको हो।
अधिकारीहरूका अनुसार गत २४ घण्टामा मात्रै ४९को मृत्यु भएको छ। कुल सङक्रमण हुनेको सङ्ख्या अहिलेसम्म ४६ सयभन्दा बढी पुगेको छ।
डिसेम्बरमा भाइरस पहिलोपटक देखिएयता चीनबाहिर सबभन्दा धेरै मृत्यु हुनेको सङ्ख्या हुने देश इटली बन्न पुगेको छ।
विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी रूपमा कोरोनाभाइरसबाट करिब १ लाख मानिस सङ्क्रमित भएको जनाएको छ।
तीन हजारभन्दा बढी मानिसको मृत्यु भएको छ जसमध्ये धेरै मृत्यु चीनमा भएको थियो।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रो एड्हानोम गेहब्रेयससले भाइरसको सङ्क्रमण ूगहिरो चिन्ताको विषयू भएको भन्दै यसको रोकथामलाई ूउच्च प्राथमिकतामा राख्नू सबै देशहरूलाई अपिल गरेका छन्।
इटलीमा के भइरहेको छ ?
अधिकारीहरूले शुक्रवार एक विज्ञप्तिमार्फत् दैनिक मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी पुगेको घोषणा गरेका छन्।
उनीहरूले स्वास्थ्य अधिकारीहरूले ूमृत्युको यकिन कारण नभन्दासम्मू मृत्यु हुनेको उक्त सङ्ख्या पुष्टि गर्न नसकिएको बताए।
राष्ट्रिय स्वास्थ्य निकायले मृत्यु हुनेको औसत आयु ८१ रहेको र उनीहरूमध्ये धेरैमा पहिल्यै अन्य स्वास्थ्य समस्या पनि रहेको जनाएको छ। मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष रहेको पनि जनाइएको छ।
सरकारी तथ्याङ्क अनुसार कोरोनाभाइरस देखिएका ४ दशमलव २५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च दर हो।
कोरोनाभाइरस नियन्त्रण गर्न प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ विश्वकै धेरै उमेर भएका जनसङ्ख्या रहेको देशमध्ये एक इटली हो।
सरकारले यो साता प्रकोप नियन्त्रण गर्न विभिन्न प्रयास गरिरहेका बेला यसै साता त्यहाँ १० दिनका लागि सबै विद्यालयहरू बन्द गर्न सरकारलाई निर्देशन दिएको छ।
सबै व्यवसायिक खेलहरू पनि महिना दिनसम्मका लागि बन्द कोठाभित्र खेलिने छ।
इटलीभन्दा बढी कोरोनाभाइरस सङक्रमितको सङख्या चीन, दक्षिण कोरिया र इरानमा मात्र रहेको बताइएको छ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: