Khabar Dabali १० श्रावण २०८३ आईतवार | 26th July, 2026 Sun
Investment bank

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा नसमेटिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले बजेट निर्माण र विनियोजन प्रक्रियामा पारदर्शिता तथा जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिएका हुन्।

छलफलका क्रममा दुलालले इतिहासलाई वस्तुपरक ढङ्गले विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउँदै आर्थिक वर्ष २०६५/६६ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले ठूलो आकारको बजेट ल्याएर राजस्वको दायरा र अर्थतन्त्रको आकार विस्तार गर्न योगदान पुर्‍याएको स्मरण गराए।

उनले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, काठमाडौंका फराकिला सडक तथा ऊर्जा क्षेत्रमा १० हजार मेगावाट उत्पादनको लक्ष्यजस्ता महत्वाकांक्षी योजनाहरू विगतका सरकारहरूको दूरदृष्टिको परिणाम भएको दाबी गरे।

मुख्य सचेतक दुलालले सांसदहरूले विभिन्न मन्त्रालयमा दर्ता गराएका योजनाहरू रातो किताबमा समावेश नगरिएको र सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै आलोचना गरे। उनले बजेट विनियोजन गर्दा पारदर्शिता, उत्तरदायित्व र स्पष्ट प्राथमिकता आवश्यक रहेको बताए।

यसै क्रममा उनले मेलम्ची–इन्द्रावती नदी एकीकृत संरक्षण आयोजना सञ्चालन गर्न तथा मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित क्षेत्रका सडकहरू—मेलम्ची–घ्याङ, सुन्दरीजल–चिसापानी–इचोक र पाँचपोखरी–याङ्ग्री सडक—लाई बहुवर्षीय ठेक्का प्रक्रियामार्फत अघि बढाउन सरकारसँग माग गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मधेसमा तीन दलीय गठबन्धनकै सरकार निरन्तर रहने मुख्यमन्त्री यादवको दाबी

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्...

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित

बोर्दो। दक्षिण-पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका क...

लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

बङ्गलादेशसँग हारेपछि नेपालको सेमिफाइनल सम्भावना समाप्त

काठमाडौँ । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० च्याम्पियनपिसमा लगातार चौथो हार खेपेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।...

एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : लेखा अधिकृत गुरुङ र व्यवसायी तामाङविरुद्ध १० दिन म्याद थप

काठमाडौं । एपीएफ स्कुल कीर्तिपुरसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा पक्राउ परेकी लेखा अधिकृत तथा सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टु...

बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन

नेपालगन्ज। विश्वमै दुर्लभ मानिने पाटेबाघको संरक्षण र जैविक मार्गको सुरक्षा गर्ने उद्देश्यले स्थापित बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकको सङ्ख...

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

सुलीकोट। उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट ख...

सातै प्रदेशमा सत्ता गठबन्धनको प्रयास जारी राख्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा सत्ता गठबन्धन कायम राख्न पहल जारी राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान...

लुम्बिनी सरकारबाट कांग्रेसका पाँच मन्त्रीले दिए सामूहिक राजीनामा

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका पाँच मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। सरकारमा रहेका कांग्रेसका पाँचै जना मन्त्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending