Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

जहाँ नारीले चलाउँछन् व्यवहार

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका धार्के शेर्पा अधिकांश समय ग्याब्लाछेउको गोठमा हुन्छन्। चौरी र याक स्याहार्नमै व्यस्त हुने उनको सेकाथुमस्थित होटल भने छोरीहरु पेमाडेमा र पेम्बाफुटीले चलाउँछन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - छोरीहरुले होटल धानेका कारण उनले गोठ हेर्न पाएका छन्। कञ्चनजंघा हिमाल जाने पदमार्गमा पर्ने यहाँ स्वदेशी÷विदेशी पर्यटकको बाक्लै चहलपहल हुन्छ। होटल सञ्चालन र व्यवस्थापनको सम्पुर्ण जिम्मा दिदीबहिनीको छ।

‘पहिले आमा हुँदा आमाले गर्नुहुन्थ्यो, १० वर्षजति भयो हामीले थालेको,’ पेमोडेमाले भनिन्, ‘बुबालाई होटल र घर व्यवहारको बारेमा थाहै हुँदैन सबै हामी नै गर्छौं।’

कञ्चनजंघा पदमार्गकै आम्जिलेजाकी फुपुफुटी शेर्पाको दैनिकी पनि पाहुनाको स्वागत सत्कारमै बित्छ। ‘छिरिङकिपा होटल’ की सञ्चालक उनले होटलकै आम्दानीले घर व्यवहार र दुई छोराछोरीलाई काठमाडौमा राखेर पढाइरहेको बताईन्।

कञ्चनजंघा पदमार्ग र ओलाङचुङगोला क्षेत्रमा छ दर्जन हाराहारी होटल तथा होमस्टे छन्। त्यसमध्ये ९५ प्रतिशत बढीको मूली महिला रहेको सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा लामो समय काम गरेका सुदिप श्रेष्ठ बताउँछन्।

‘हाम्रै देशको अन्य ठाउँमा अझै पनि महिलाहरु पछि परेको, हरेक कामका लागि पुरुषमा निर्भर हुनुपर्ने अवस्था छ,’ श्रेष्ठले भने, ‘तर यो ठाउँमा महिलाको निर्णय सर्वोपरि हुन्छ।’ यहाँका अधिकांश पुरुषहरु ट्रेकिङ पेशामा हिड्ने र घर महिलाले धानेका हुन्छन्। घरमा पुरुष महिला दुवै भए पनि महिलाको निर्णय लागु हुने उनले सुनाए।

यो शेर्पा र भोटे समुदायको बाहुल्य क्षेत्र हो। पुरुषले महिलालाई हिंसा गरेको, दुव्र्यवहार गरेको कहिल्यै नसुनेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्व कार्यालय सचिव तेञ्जिङ शेर्पाले बताए।

‘पुरुष र महिला बराबरी भन्ने नाराले सार्थकता पाएको ठाउँ यहि हो जस्तो लाग्छ,’ शेर्पाले भने, ‘पर्यटकले खाएको बसेको पैसा पुरुषलाई बुझाए भने पनि त्यो महिलाकै हातमा पुग्छ, फिर्ता गर्नुपर्ने भए महिलाले नै गर्छन्।’

घरबाहिरको काम गर्ने भए पनि पुरुषले निर्णय लिनुअघि र कहीँकतै जानुपरे महिलालाई सोध्ने सस्कार छ। शेर्पा समुदायमा यस्तो संस्कार पहिल्यैबाट रहेको पदमार्गकै जापानटारकी इटेन शर्पाले बताइन्। ‘हजुरआमा, आमा, सासूबाट मैले सिकेकी हुँ, सन्ततिले म बाट सिक्दैछन्,’ उनले भनिन्।

महिलालाई निर्णय प्रक्रियामा ल्याउन कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले पनि भूमिका खेलेको छ। ‘हरेक गाउँमा आमा समूह छन्, उनिहरुको निर्णय गाउँमा लागु हुन्छ,’ कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र फेम्बोले भने, ‘आमा समूहले वन संरक्षण, डढेलो नियन्त्रण लगायतमा पनि सघाउ पु¥याएका छन्।’

उपभोक्ता समुह, सभा सम्मेलनमा समेत पुरुषको तुलनामा महिलाको सहभागिता बढी हुने फक्तालुङ गाउँपालिका ६ का वडाध्यक्ष छ्वाङ शेर्पाले बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending