Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

‘प्रधानमन्त्री सामान्य अवस्थामा आउन ६ महिनादेखि एक वर्षसम्म लाग्छ’

काठमाडाैँ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओलीलाई सामान्य व्यक्तिसरहको अवस्थामा फर्किन समय लाग्ने चिकित्सकले बताएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा.दिव्या सिंह शाहले प्रधानमन्त्रीलाई सामान्य मानिसले जस्तै जिउन ६ महिनादेखि एक वर्षसम्म लाग्ने बताएकी हुन् ।

उपचारमा संलग्न चिकित्सकले प्रधानमन्त्रीको अवस्थाबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. सिंहले भनिन्, ‘उमेर र दोस्रो प्रत्यारोपणले उहाँ (प्रधानमन्त्री) लाई सामान्य जीवनमा फर्कन केही समय लाग्छ । ६ महिनादेखि एक वर्षमा प्रधानमन्त्रीले सामान्य जीवन बिताउन सक्नुहुन्छ ।’

प्रधानमन्त्रीको तत्काल डिस्चार्ज पनि नहुने भएको छ । डिस्चार्ज गर्न सकिने अवस्था रहे पनि भिडभाडमा जान नहुने भएकाले केही दिन अस्पतालमै राख्ने निर्णय भएको पनि डा.सिंहले बताइन् । ‘प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आइरहेको छ । यद्यपि, हामी कन्फर्म र कन्फिडेन्स नभएसम्म डिस्चार्ज दिँदैनौँ,’ उनले भनिन् ।

परिवारका सदस्यले पनि घर लगेपछि राख्ने सुरक्षित स्थानको तयारी बाँकी रहेकाले तत्काल डिस्चार्ज नगरिदिन आग्रह गरेको चिकित्सकको भनाइ छ ।

‘घर लगेपछि सुरक्षित राख्ने स्थानको तयारी बाँकी छ । परिवारबाट विशेष अनुरोधसहित केही दिन अस्पतालमै राख्न भन्नुभएको छ । त्यही अनुरोधअनुसार पनि हामीले निर्णय लिएका हौँ,’ डा.सिंहले भनिन् ।

प्रधानमन्त्रीलाई अहिलेसम्म आइसियूमै राखिएको छ । डा। पवन चालिसेका अनुसार प्रधानमन्त्रीलाई बुबाले समेत भेट्न पाएका छैनन् । भेटघाट रोक्नकै लागि आइसियूमै राखिएको उनले बताए ।

‘आइसियूबाट सीधै घर पठाउँदा भेटघाट बढ्ने र संक्रमणको खतरा हुने भएकाले पनि सावधानी अपनाउन परिवारका सदस्यले थप केही दिन अस्पतालमै राख्न खोज्नुभयो,’ डा.चालिसेले भने । संक्रमण रोक्न बालुवाटारमा प्रधानमन्त्री बस्ने कोठाहरूको व्यवस्थापन सकिएपछि डिस्चार्ज हुने चिकित्सकहरूले बताएका छन् ।

यसअघि बुधबार बिहानसम्म डिस्चार्ज गर्ने तयारीमा चिकित्सकहरू थिए । गत बुधबार प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको थियो । मंगलबार सातौँ दिन उनको रक्तचाप, सुगरलगायत स्वास्थ्य सामान्य रहेको चिकित्सकले बताएका छन् ।

मिर्गौला दाता समीक्षा संग्रौला ज्ञवालीको स्वास्थ्य पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई अस्पतालले डिस्चार्ज नदिए पनि परिवारका सदस्यलाई भेट्न भने दिएको छ । उनका श्रीमान् कमल ज्ञवालीका अनुसार समीक्षाको स्वास्थ्य सुधार भएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy