Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

रुसी र टर्किस राष्ट्रपतिबीच मस्कोमा वार्ता हुने

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्किस् राष्ट्रपति रिसेप तैयव एर्डोगानबीच सिरियाका विषयमा रुसी राजधानी मस्कोमा वार्ता हुने भएको बताइएको छ । रुसी राष्ट्रपति र टर्किस राष्ट्रपतिबीच यही बिहीबार मस्कोमा वार्ता हुने समाचारमा जनाइएको छ । उनीहरुबीच सिरियाको विषयमा वार्ता हुने समाचारमा उल्लेख गरिएको छ ।

सिरियाको इद्लिव प्रान्तमा बढ्दो द्वन्द्वका विषयमा सो वार्ता हुने जनाइएको छ । उक्त प्रान्तमा जारी रहेको हिंसाका कारण त्यहाँको अवस्था प्रतिदिन नाजुक हुदै गएको बताइएको छ । सोही कारणले यो प्रत्यक्ष वार्ताको आवश्यकता परेको हो– रुसी राष्ट्रपति पुटिनले जानकारी दिएका छन् ।

सिरियामा पछिल्लो समयमा आप्रवासीहरुबीच ठूलो द्वन्द्व सिर्जना भएको र जसका कारण यहाँको अवस्था बिग्रिँदै गएपछि दुई राष्ट्रप्रमुखबीच भेटवार्ता हुन लागेको हो । मस्कोका लागि प्रस्थान गर्नुअघि टर्किस राष्ट्रपति एर्डोगानले सिरियाको इद्लिब र लगभग अरु क्षेत्रको पनि अवस्था बिग्रिँदै गएको र आगामी बिहीबार यसै विषयमा हामी वार्तामा बस्न लागेकोले विश्वको ध्यान नै हामीमाथि रहेको बताए ।

उक्त वार्तामा विशेषगरी इद्लिबको युद्धविरामका विषयका साथै सिरियामा शान्ति स्थापनाका विषयमा पनि आवश्यक मात्रामा कुराकानी हुने रुसले जनाएको छ । गएका केही हप्तायता सिरियामा टर्कीका दर्जनौँ सेना मारिएका छन् । मारिएका ती सैनिकको विषयमा रुसी राष्ट्रपति पुटिनले टर्कीलाई समवेदना सन्देश पठाएका थिए।

यसरी सिरियामा टर्कीका सेना मारिएपछि टर्कीले पनि पहिलो पटक सिरियाली राष्ट्रपति बसर अल असदका विरुद्धमा आक्रामक कारबाही नै अघि सारेको छ ।

यस अवधिमा सिरियाली सैनिकले पनि ठूलो मात्रामा क्षति ब्यहोर्नुपरेको टर्कीले जानकारी दिएको छ । सिरियाको इद्लिबमा समय समयमा युद्धविराम भएको भनिएको भए पनि हिंसा भने कम भएको छैन ।

लामो समयदेखि जारी रहेको सिरियाको हिंसाको अन्त्यका विभिन्न प्रयासहरु सफल हुन सकेका छैनन् । ती प्रयासहरु कहिले संयुक्त राष्ट्रसंघ त कहिले अमेरिकाले पनि अघि सारेको थियो ।

सिरियामा सन् २०११ बाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन शुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

सो गृहयुद्धमा अल कायदा इस्लामिक स्ट्टेस (आइएस) जस्ता आतङ्ककारी समूह हाबी हदै गए । यस आन्दोलनमा सो समयदेखि हालसम्म ३ हजार ७० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । लाखौं घाइते भएका छन् भने लाखौै देशभित्र र बाहिर शरणार्थी जिवन यापन गर्न बाध्य भएका छन् । एएफपी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending