कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनुसार यस हमलामा हालसम्म ८० इरानी नौसैनिकको मृत्यु भएको छ ।
अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले हिन्द महासागरमा अमेरिकी पनडुब्बीले इरानी जहाजलाई टर्पेडोले निशाना बनाएर डुबाएको पुष्टि गरेका छन् ।
श्रीलंकाली नौसेनाले दुर्घटनास्थलबाट ३२ जना घाइते नौसैनिकको उद्धार गरी उनीहरूलाई अस्पतालमा भर्ना गरेको छ । जहाजमा लगभग १८० नौसैनिक सवार थिए । बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ ।
यो इरानी युद्धपोत गत महिना भारतको विशाखापट्टनममा आयोजित २०२६ इन्टरनेशनल फ्लिट रिभ्यूमा सहभागी भई फर्कँदै थियो ।
श्रीलंकाली अधिकारीहरूले अल जजिरालाई बताएअनुसार बुधबार बिहान करिब ६ देखि ७ बजे (भारतीय समय अनुसार) मद्दतका लागि सन्देश पठाइएको थियो । जहाज दक्षिणी श्रीलंकाको गाले सहरबाट करिब ४० समुद्री माइल (लगभग ७५ किलोमिटर) टाढा रहेको बेला यो घटना भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २३ गते, २०८२ - ०८:२१
म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डा महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतक...
फाल्गुन २३ गते, २०८२ - ०८:२०
बागलुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ-२ मा जारी मतगणनाको रास्वपा र कांग्रेसबीच कडा प्रतिस्प्रर्धा भएको छ । ३८ हजार ३०४ मतगणना भइसक्दा...
फाल्गुन २३ गते, २०८२ - ०८:१४
म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार महाविर पुन विजयी नजिक पुगेपछि विजयी जुलुस नगर्ने घोषणा गरे...
फाल्गुन २३ गते, २०८२ - ०८:०१
अछाम । अछाममा एमालेले अग्रता लिएको छ । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार भीम रावलाई पछि पार्दै एमालेका दीपक साउदले अग्रता लिएका हुन् । साउदले छ हज...
फाल्गुन २३ गते, २०८२ - ०७:५०
चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । नेपाली ...
फाल्गुन २३ गते, २०८२ - ०७:३१
सुनसरी । सुनसरी क्षेत्र नम्बर १ मा जारी मत गणनामा श्रम संस्कृती पार्टीका अध्यक्ष हर्क साम्पाङले एक हजार मतले अग्रता बनाएका छन् । सुरुवाती चरणमा रास्व...
फाल्गुन २३ गते, २०८२ - ०७:२९
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उल्लेखनीय प्रदर्शन गरेको छ। पछिल्लो मतपरिणामअनुसार नेकपाका उ...
फाल्गुन २३ गते, २०८२ - ०७:२६
काठमाडौं। गत बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा भइरहेको मतगणनामा नेपाली कम्युनि...
फाल्गुन २३ गते, २०८२ - ०७:१७
म्याग्दी। म्याग्दीमा स्वतन्त्र उम्मेदवार डाक्टर महावीर पुनको विजय सुनिश्चित भएको छ। निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनु भएका पुनले...
फाल्गुन २३ गते, २०८२ - ०७:०४
काठमाडौं । १६५ निर्वाचन क्षेत्रमा बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार अधिकांश स्थानमा मतगणना भइरहेको छ भने ...



प्रतिकृया लेख्नुहोस्: