Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

आफ्नै छोराको हत्या गर्ने बाबु पक्राउ

कञ्चनपुर । भीमदत्त नगरपालिका–२ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुवर्ण चन्दको हत्या गरेका छन् । बुधबार साँझ डम्बरले घाँटीमा छुरा प्रहार गरेर कक्षा ७ मा पढ्दै गरेका छोराको हत्या गरेका हुन् । घटनालगत्तै डम्बरलाई प्रहरीले पक्राउ गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - साँझ आमा राधा चन्द गाईगोरुलाई घाँसपात गर्न गोठमा गएका वेला बालकको हत्या भएको हो । बालक आमालाई सघाउन घरभित्र रोटी पकाउने पिठो मुछ्दै थिए । मदिराले लट्ठ भएका डम्बरले विनाकारण घरभित्र पसेर छोरामाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

घाँटीमा छुरा प्रहार भएपछि बालक चिच्याउँदै ५० मिटर टाढा रहेको ठूलो बुबाको घरतिर भागेका थिए । ठूलो बुबाको घरको आँगनमा पुगेपछि उनी ढले । काका गणेश चन्दसहितले तत्कालै बालकलाई उठाएर महाकाली अस्पताल पुर्‍याए ।

‘ऊ रगताम्मे भएर ढलेको थियो, हामीले हतारहतार गलामा कपडा बाँधेर अस्पताल पुर्‍यायौँ । तर, ऊ बाटोमै बितिसकेको रहेछ,’ बालकका काका गणेशले भने । आफ्नै छोरामाथि छुरा प्रहार गर्ने डम्बरले डेढ बिघा जग्गा मदिरा पिएरै सकेको छिमेकीले बताए । सानैदेखि मदिराका पारखी डम्बर जहिले पनि गाउँघरमा मदिरा सेवन गरेर झैझगडा गर्थे ।

काकामाथि पनि चिर्पट प्रहार
मदिराकै सुरमा २२ फागुनमा उनले आफ्नै काका गणेश चन्दको टाउकामा चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट काका गणेश चन्दको टाउकोमा गम्भीर चोट लागेको छ । अहिले पनि गणेश घाइते नै छन् । २३ फागुनमा प्रहरीले उनलाई पक्राउ गरेर एक रात हिरासतमा राख्यो ।

२४ फागुनमा उनी छुटेका थिए । गणेशले भने, ‘प्रहरीले घरायसी मामला भन्दै उसलाई छाडिदियो । अहिले यस्तो अवस्था देख्नुपर्‍यो ।’ राधाले नै पतिलाई प्रहरीबाट छुटाएर घर ल्याएकी थिइन् ।

पीडितलाई नगरपालिकाको सहयोग
दाजु सुवर्णको हत्या भएपछि उनकी एक्ली बहिनी ९ वर्षीया दिया चन्दको पठनपाठनको जिम्मा भीमदत्त नगरपालिका–२ वडा कार्यालयले लिएको छ । वडाध्यक्ष डम्बर कार्कीले भने, ‘छोराको हत्यापछि बाबु जेल जाने भएकाले आमाको सहजताका लागि बालिकाको पठनपाठनको जिम्मा वडा कार्यालयले लिएको छ ।’

बालकको काजकिरिया खर्चबापत नगरपालिकाले पीडित परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy