Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनःनिर्माण

सिन्धुपाल्चोक । भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पपछि चार वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा अस्थायी सिकाइ केन्द्रमै सञ्चालन भएको थियो । परीक्षा केन्द्र कायम भएका केही विद्यालय भारतीय राजदूतावासमार्फत निर्माण शुरु गरिए पनि टहरामै बसेर परीक्षा दिन भने नपर्ने जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का इञ्जिनीयर शेरबहादुर पुजाराले बताए ।

यस वर्ष जिल्लाबाट चार हजार १०४ परीक्षार्थी एसइइमा सहभागी हुँदैछन् । परीक्षार्थीमध्ये एक हजार ८३४ छात्र र दुई हजार २६७ छात्रा छन् । भूकम्पपछि अस्थायी सिकाइ केन्द्रमा नै एसइई परीक्षा सञ्चालन हुने गरेको भए पनि सबै विद्यालय पुनःनिर्माण सम्पन्न भएपछि यस वर्ष भने परीक्षार्थीले सुविधासम्पन्न विद्यालयमा बसेर परीक्षा दिन पाउने भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइले एसइई परीक्षाका लागि २३ परीक्षा केन्द्र निर्धारण गरेको छ । सम्बन्धित परीक्षा केन्द्रका प्रधानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको समन्वय एकाइ सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले जानकारी दिए । जिल्लाका सामुदायिक र संस्थागत गरी यस वर्ष १४९ विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुन लागेको प्रमुख सुवेदीले जानकारी दिए । सामुदायिक १३६ र संस्थागत १३ विद्यालय छन् ।

एसइई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिकासमेत लगिसकिएको छ । माध्यमिक परीक्षा सञ्चालक समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अन्य सुरक्षा निकायसँग समन्वय गरेर परीक्षा केन्द्रमा सुरक्षाकर्मीसमेत खटाइएको प्रमुख सुवेदीले जानकारी दिए ।

प्राविधिकधारतर्फ एसइईमा सहभागी हुने सबै परीक्षार्थीका लागि सदरमुकाम चौतारास्थित कृष्णरत्न गङ्गा माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्राविधिकधारतर्फ यस वर्ष १३२ परीक्षार्थी सहभागी हँुदैछन् । सिन्धुपाल्चोकमा चार सामुदायिक विद्यालयमा बाली विज्ञान र सिभिल इञ्जिनीयरिङ विषयका पढाइ हुने गरेको छ ।

त्यस्तै ग्रेडवृद्धि परीक्षामा पनि १६ परीक्षार्थी सहभागी हुन लागेको समन्वय एकाइका प्रमुख सुवेदीले जानकारी दिए। तेइस परीक्षा केन्द्रमध्ये शारदा मावि बाह्रबीसेमा सबैभन्दा बढी ३६३ तथा सबैभन्दा कम महेन्द्रकान्ति मावि कालिकामा ८१ परीक्षार्थी मात्रै छन् ।

परीक्षाकेन्द्र रहेका सबै विद्यालय सुविधासम्पन्न रुपमा निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख यमबहादुर खड्काले जानकारी दिए। परीक्षा केन्द्र कायम भएका सबै विद्यालय निर्माण सम्पन्न भएका छन् । यस वर्ष परीक्षार्थीलाई कुनै असहज नहुने प्रमुख खड्काले जिकिर गरे ।

हेलम्बुका विद्यालयमा करेसाबारी

हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयमा अनिवार्य करेसाबारीको अवधारणा लागू गरेको छ । सो कार्यक्रम लागू भएपछि पत्रुखाना खानुपर्ने विद्यार्थीको बाध्यता हटेको छ ।

भूमेश्वरी माध्यामिक विद्यालय हेलम्बु–२ किउलमा अध्ययनरत करुणा गुरागाईँ हिजोआज निकै खुशी छन् । करेसाबारी कार्यक्रमले आफूहरूलाई पढ्न निकै सजिलो बनाएको उनको भनाइ छ । करुणाले भन्निन्, “खुशी लागेको छ, हामीलाई सजिलो भएको छ । लेख्नका लागि प्राक्टिकल पनि भइरहेको छ । अहिले हामीले करेसाबारीमा काम गरिहेका छौँ, भोलिपर्सि यहाँ फलेको चिज हामीलाई खाजा पनि हुन्छ । बाहिर किन्दा एक त पैसा खर्च हुन्छ, अर्को जङ्क फुड स्वास्थ्यका लागि राम्रो पनि होइन ।”

करुणा जस्तै यहाँका सबै शिक्षक, विद्यार्थी र अभिभावक करेसाबारीको अवधारणाबाट खुशी छन् । विद्यालय हाताभित्र आफैँले मेहनत गरी उत्पादन गरिएको ताजा तरकारी खान पाउँदा खुशी लागेको अर्का विद्यार्थी सुधा गुरागाईंले बताईन्। सुधाले भन्निन्, “अब हामी सबैको पेशा एउटै हुँदैन । घरमा काम गर्दा पनि यसले सहयोग पु¥याएको छ । परीक्षामा लेख्न पनि धेरै सजिलो भएको छ । पढेको मात्रै भन्दा देखेको सजिलो हुन्छ नि त ।”

गाउँपालिकाले रु ४५ लाख बजेट विनियोजन गरेर ३४ सामुदायिक विद्यालयमा करेसाबारी कार्यक्रम शुरुआत गरेको हो । सो कार्यक्रमका लागि विद्यालय हाताभित्र अभिभावक, विद्यार्थी र शिक्षकले नै विभिन्न किसिमका तरकारी उत्पादन गर्न थालेका छन् । तरकारी उत्पादनका लागि अभिभावकले प्राङ्गारिक मल राख्ने, बीउ उमार्ने, टनेल हाल्ने, बीउ रोप्नेजस्ता काममा सहयोग गरेका छन् ।

सातधारा आधारभूत विद्यालयका शिक्षक सोम ज्योतिले भने, “गाउँपालिकाले विशेषगरी खाजा कार्यक्रमलाई लक्ष्य गर्दै किचन गार्डेन बनाउनाका साथै तरकारी उत्पादनका लागि गाउँपालिकाको पत्राचारअनुसार हामीले विद्यालयमा बीउबिजन उत्पादन गरेका छौँ ।”

विद्यालयमा बनिबनाउ खानेकुराको प्रयोग बढेपछि नियन्त्रणका लागि गाउँपालिकाका प्रत्येक विद्यालयमा करेसाबारी कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । अभिभावकलाई कृषिमा आत्मनिर्भर बनाउने र विषादीरहित खानेकुरामा प्रोत्साहन गर्ने उद्देश्यका साथ सो कार्यक्रम सञ्चालन गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

उनका अनुसार, “खाजा कार्यक्रम छ, नेपाल सरकारको । तरकारी कि त किनेर खुवाउनुपर्छ । प्रत्येक विद्यालयमा अहिले किचन गार्डेन भनेर गाउँपालिकाले लगानी गरेर ग्रिनहाउस दिएको छ, बनाउन सिकाइरहेका छौँ, बीउ दिएका छौँ । उहाँहरूलाई बोलाएर तालीम दिइरहेका छौँ ।” चौँतीस सामुदायिक विद्यालयमा शुरु गरिएको सो कार्यक्रमबाट झण्डै छ हजार बालबालिका लाभान्वित भएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE