Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

ललितपुरमा स्यानिटाइजर बनाउन सिकाइने

ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का वैज्ञानिकले आफ्नो कार्यकक्षमा स्वास्थ्यवद्र्धक तालीम सञ्चालन गर्ने भएका छन् । चीनबाट फैलिएको ‘कोभिड–१९’ को सङ्क्रमण नेपालमा फैलिन नदिने उद्देश्यका साथ हात धुने स्यानिटाइजर बनाउन लागिएको हो ।

नाष्टले माहानगरको २९ वडाका एक–एकजना मानिसलाई एक वा दुई दिनको उक्त तालीम दिने भएको छ । नाष्टबाट तालीम लिएकाले आ–आफ्ना वडामा गई अन्यलाई स्यानिटाइजर निर्माण गर्न सिकाउने छन् । यदी मुलुकमा कोरोना भित्रियो भने त्यसको असर मानिसमा पर्न नदिन पूर्व सावधानी अपनाउन लागिएको र बजारमा अभाव भइरहेको स्यानिटाइजर छिट्टै सहज बनाउन नाष्ट र लपु महानगरपालिकाबीच यस सम्बन्धी सहकार्य पनि भइसकेको छ ।

तालीममा स्थानीय बस्तुको प्रयोग गरी स्यानिटाइजर निर्माण गर्न सिकाइने नाष्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा सुरेशकुमार ढुङ्गेलले बताए । उनले भने, “हामीले विश्व स्वास्थ्य सङ्गठनको मान्यताअनुरुप उक्त स्यानिटाइजर निर्माण गर्न सिकाउने छौँ । बजारमा पाइने स्यानिटाइजरले जीवाणु (ब्याकटेरिया) कम गर्छ भने हामीले निर्माण गर्ने स्यानिटाइजरले सजिलै सुक्ष्मजीवाणु (भाइरस) कम गर्नेछ ।” नाष्टबाट उत्पादित स्यानिटाइजर बजारमा पाइनेभन्दा फरक हुने ढुङ्गेलले बताउ ।

मानिसमा दिनानुदिन बढ्दै गएको कोरोनाको त्रास हटाउन स्थानीय सामग्रीबाट स्यानिटाइजर निर्माण गर्न सकिन्छ भन्ने चेतना फैलाउन र जानकारी प्रवाह गर्न आवश्यक रहेको नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा सजनलाल स्याउलाको भनाइ छ । उनले भने, “अब हामी छिट्टै तालीम सञ्चालन गर्छौँ । तालीममा स्थानीय रक्सी (तीनपाने रक्सी) लगायत अन्य रसायन (केमिकल) प्रयोग गरेर निर्माण गर्ने विधि सिकाइने छ । हामीले निर्माण गरेको स्यानिटाइजर प्रयोग गरेको छदेखि आठ सेकेण्डमा यसले काम गर्छ ।” ललितपुरमै स्यानिटाइजरको उत्पादन शुरु भएसँगै बजारमा यसको अभाव महसुस गर्नुनपर्ने स्याउलाको मत छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE