Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

एसइई परीक्षा केन्द्रमा स्वास्थ्य सेवा प्रदान गरिदैँ

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले एसइई परीक्षा केन्द्रमा स्वास्थ्य सेवा दिने भएको छ । चैत ६ गतेबाट हेटौँडाका एसइई परीक्षा केन्द्रमा उपमहानगरपालिकाले स्वास्थ्य सामग्रीसहितको ‘हेल्प डेस्क’ स्थापना गर्दै परीक्षामा सामेल विद्यार्थीको स्वास्थ्योपचारका लागि सहयोग गर्ने तयारी गरेको हो ।

यहाँ १४ परीक्षा केन्द्र तोकिएको छ । उक्त परीक्षा केन्द्रबाट करिब चार हजार विद्यार्थीले एसइई परीक्षा दिँदै छन् । सबै परीक्षा केन्द्रमा स्वास्थ्यकर्मीसहित, मास्क र सेनेटरी प्याडसहितको व्यवस्था गर्न हेल्प डेस्क सञ्चालन गर्न लागिएको नगर प्रमुख हरिबहादुर महतले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना भाइरसको सङ्क्रमणबाट सावधानी अपनाउन मेला, महोत्सव, सार्वजनिक कार्यक्रम नगर्न अनुरोध गरेकाले परीक्षामा विद्यार्थीको बाक्लो उपस्थिति हुने कारणले उपमहानगरपालिकाले परीक्षामा सामेल विद्यार्थीका लागि मास्क, सेनेटरी प्याड वितरण गर्नुका साथै स्वास्थ्यकर्मीको टोलीले प्राथमिक स्वास्थ्य सामग्रीसहितको आवश्यकताअनुसार स्वास्थ्योपचार गरिने जनाएको छ ।

त्यसैगरी, स्वास्थ्य सेवा दिने उद्देश्यले उपमहानगरपालिकाभित्रका सबै वडामा स्वास्थ्यचौकी स्थापना गरी सेवा दिन शुरु गरेको छ । उपमहानगरपालिकाले १९ वटै वडाबाट स्वास्थ्य सेवा दिन शुरु गरेको जनाएको छ । नगरका नागरिकलाई आफ्नै वडा र स्थानीयस्तरबाट नै स्वास्थ्य सेवा दिने उद्देश्यले काम थालिएको बताइएको छ । वडास्तरबाट आम नागरिकले पाउने न्यूनतम स्वास्थ्य सेवा दिने उद्देश्यले जनप्रतिनिधि आएपछि स्वास्थ्यलाई पहिलो प्राथमिकताका साथ काम गरिएको बताइएको छ ।

प्रत्येक स्वास्थ्य संस्थामा अहेव, अनमीसहितको सेवा दिइएको छ । हटियामा भने चिकित्सक र ल्याबसहितको स्वास्थ्य सेवा दिइएको छ । उपमहानगरपालिका कार्यालयमा काम लिएर आउने सेवाग्राहीलाई निःशुल्करुपमा मास्क वितरण गर्न थालिएको छ । कोरोना भाइरसको सङ्क्रमण हुनसक्ने अवस्थालाई मध्यनजर गरेर सेवाग्राहीलाई निःशुल्क मास्क वितरण गर्न शुरु गरिएको जनाइएको छ । कार्यालयको गेटमै सेवाग्राहीलाई मास्क वितरण गरिने कार्यालयले जनाएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE