Khabar Dabali २२ माघ २०८२ बुधबार | 4th February, 2026 Wed
Investment bank

बरामद रक्तचन्दन भारत फिर्ता लैजान ढिलाई

काठमाडौं । नेपाल सरकारले मुुलुकभित्र बरामद गरिएकोमध्ये करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ ‘उत्पत्ति मुलुक’ भारत फिर्ता लैजान स्वीकृति दिए पनि फिर्ता लैजान ढिलाइ भएको छ ।

सरकारले गत पुस २८ गते मन्त्रिपरिषद् निर्णयबाट परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ (साइटिस) र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम सो स्वीकृति दिएको थियोे ।

निर्णय भएको दुई महिना बढी समय बितिसक्दा पनि रक्त चन्दन फिर्ता लैजाने सम्बन्धमा भारतबाट ठोस पहल भएको नदेखिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । वन मन्त्रालयका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत गत माघ २० गते नेपालस्थित भारतीय दूतावासका अधिकारीलाई टेलिफोन गरी सो निर्णयबारे जानकारी गराएका थिए । टेलिफोन वार्तामा रक्तचन्दन फिर्ता लैजाने प्रक्रियाका बारेमा समेत कुराकानी भएको वनमन्त्रालयका प्रवक्ता डा सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।

नेपाल सरकारले कानूनी प्रक्रिया पूरा भएको जम्मा एक लाख ७३ हजार ७१ केजी रक्तचन्दन काठ जेजस्तो अवस्था र स्थानमा छ, सोही अवस्था र स्थानबाट आफ्नै खर्चमा ९० दिनभित्र उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिएको हो । उक्त टेलिफोन वार्तामा दूतावासका अधिकारीले रक्तचन्दन फिर्ता लैजाने प्रक्रिया र फिर्ता लैजानुपर्ने अवधि ९तीन महिना० कम हुने जिज्ञासा राखेका छन्। वन मन्त्रालयले भने फिर्ता लैजाने प्रक्रिया थालेपछि समय अपुग भएको खण्डमा केही सहयोग गर्न सकिने आश्वासन समेत दिएको थियो । दूतावासका अधिकारीले रक्तचन्दन फिर्ता लैजाने प्रक्रिया थाल्छौँ भने पनि त्यसयता यस विषयमा खासै प्रगति भएको देखिँदैन ।

सो रक्तचन्दन विभिन्न समयमा अवैधरुपमा चीन लैजान खोज्दा बरामद भएको हो । बरामद रक्तचन्दन १२ वर्षदेखि काठमाडौँको बबरमहलस्थित वन विभाग, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, सप्तरी, सर्लाही, झापा, नवलपरासी, कपिलवस्तु, रुपन्देहीलगायत २० जिल्लामा सुरक्षासाथ राखिएको छ । सबैभन्दा बढी परिमाण वन विभाग परिसरमा रहेको छ । विभाग परिसरमा मात्र यसको सुरक्षाका लागि कर्मचारी र वन रक्षकबाहेक सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० सशस्त्र प्रहरी अहोरात्र तैनाथ छन् । वन तथा भू–संरक्षण विभागका अनुसार उक्त काठ भारतका आन्ध्र प्रदेश, कर्नाटक र तामिलनाडु राज्यबाट नेपालका विभिन्न सीमानाका हुँदै चीनतर्फ तस्करी हुने क्रममा बरामद गरिएको हो ।

नेपाल सन् १९७५ जुन १८ मा साइटिसको पक्ष राष्ट्र बनेको हो । रक्तचन्दन सो महासन्धिको अनुसूची २ मा सूचीकृत वनस्पति हो । महासन्धिको व्यवस्थाविपरीत नेपाल प्रवेश गरेका रक्तचन्दन बरामद गरिएको थियो । ‘सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७३’ बनेपछि बरामद रक्तचन्दनको सहज व्यवस्थापन गर्ने कानूनी बाटो खुलेको हो ।

ऐनबमोजिमको कार्यविधि पूरा नभई पैठारी भएको कारणले जफत भएको सङ्कटापन्न वनस्पति जुन मुलुकबाट पैठारी भएको हो सोही मुलुकमा फिर्ता पठाउन सकिने व्यवस्था छ । फिर्ता गर्दा लाग्ने खर्च त्यसरी फिर्ता लैजाने मुलुकले व्यहोर्नुपर्छ । नेपालबाट निर्णय भएको मितिले ९० दिनभित्र सम्बन्धित मुलुकले त्यस्तो वनस्पति वा सोको नमूना फिर्ता लैजानुपर्ने कानूनी व्यवस्था छ ।

ऐनको दफा ३० को उपदफा ६ मा जीवित नरहेको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति सम्बन्धित मुलुकले फिर्ता लैजान इच्छा व्यक्त नगरेमा वा इच्छा व्यक्त गरे पनि तोकिएको अवधिभित्र फिर्ता लैजान नसकेमा नष्ट गर्नुपर्ने, आवश्यक शर्त तोकी शैक्षिक, वैज्ञानिक अध्ययन अनुसन्धान वा धार्मिक कार्यका लागि सार्वजनिक संस्था वन निकायलाई उपलब्ध गराउन सकिने उल्लेख छ ।

मन्त्रालयका अनुसार रक्तचन्दन काठमध्ये विसं २०६५ माघ २ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ३६ हजार ९२८ किलो रक्तचन्दन भारतले फिर्ता लगिसकेको छ । त्यसपछि मन्त्रिपरिषद्बाट विस २०७१ फागुन १२ गते निर्णय भएको २७ हजार १६६ किलो रक्तचन्दन भारतले हालसम्म फिर्ता लगेको छैन ।

कुनै बेला चीनतिर अवैधरुपमा लैजाँदै गरेको अवस्थामा दिनहुँजस्तै रक्तचन्दन बरामद हुने गथ्र्यो । यसमा कडाइ गरिएपछि हाल भने रक्तचन्दनको तस्करी बन्द भएको छ । विसं २०६२ देखि २०७१ को अवधिमा मुलुकका विभिन्न स्थानबाट कूल दुई लाख ४७ हजार ४८ किलो रक्तचन्दन काठ बरामद गरिएको थियो । यसमध्ये केही रक्तचन्दनको मुद्दा अझै अदालतमा विचारधिन छ ।

विभागका अनुसार नेपालमा पहिलोपटक २०६२ फागुन २ गते सिन्धुपाल्चोकमा रक्तचन्दन काठ बरामद गरिएको थियो । यसैगरी पछिल्लोपटक २०७१ साल भदौ २१ गते रसुवामा ६४ किलो रक्तचन्दन बरामद भएको विभागको अभिलेख छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE