Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

कोरोनाविरुद्ध सार्क मुलुकको साझा रणनीति बन्दै

काठमाडौं  । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावअनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का शीर्ष नेतृत्वबीच कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न भिडियो सम्मेलन हुने भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नेपाली समयअनुसार आइतबार अपराह्न ५ः१५ मा तोकिएको सम्मेलनलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नेछन् । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले पहिलोपटक सार्वजनिक रूपमा बोल्न लागेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले सिंहदरबारबाट सार्कका शीर्ष नेताहरूबीच आइतबार अपराह्न सवा ५ बजे भिडियो कलमार्फत सम्बोधन गर्दै हुनुहुन्छ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले भने । मोदीले कोरोना भाइरसविरुद्ध मिलेर लड्न सार्कका सदस्य मुलुकले कडा रणनीति बनाउने प्रस्ताव गरेको पर्सिपल्ट भिडियो कल कन्फरेन्समार्फत संवाद तय भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारद्वारा शनिबार दिल्लीबाट साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध कठोर साझा रणनीति तय गर्ने विषयमा आइतबार अपराह्न ५ बजे सार्कका सबै सदस्य मुलुकहरूको भिडियो संवादको नेतृत्व गर्नुहुनेछ ।’

प्रवक्ता रविसका अनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

भारतका प्रधानमन्त्री मोदी, नेपालका प्रधानमन्त्री ओली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री डा.लोटे छिरिङ, पाकिस्तानका प्रधानमन्त्री इमरान खान, श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षे, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिह, अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सम्बोधन गर्ने कार्यक्रम छ ।

भारत र पाकिस्तानका शीर्ष नेताबीच लामो समयपछि भिडियो संवाद हुन लागेको हो । मोदीले विश्वको जनसंख्याको उल्लेख्य संख्या रहेको दक्षिण एसियाका जनताको स्वास्थ्य सुनिश्चित गर्न कुनै पनि कसर बाँकी राख्न नहुने भन्दै भिडियो कल कन्फरेन्सलगायत संवादमा जोड दिएका थिए ।

प्रधानमन्त्री ओलीसहित सार्क मुलुकका कार्यकारी प्रमुखहरूले मोदीको प्रस्तावको स्वागत गर्दै क्षेत्रीय सहकार्यमा जोड दिइसकेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending