Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

मुस्ताङमा हिमपातको कारण जनजीवन प्रभावित

हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र हिउँले ढाँकिएका छन् ।

मुस्ताङको सदरमुकाम जोमसोममा डेढ फिट हिउँ जमेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए । उनको अनुसार उपल्लो मुस्ताङलगायतका क्षेत्रमा भने तीन फिटसम्म हिउँ जमेको छ ।

हिउँसँगै जोमसोम बजारमा बिजुलीको खम्बा ढलेका कारण यहाँ हिजोदेखि नै विद्युत् आपूर्ति बन्द भएको छ । जोमसोम विमानस्थलमा डेढ फिट हिउँ जमेका कारण आज पोखराबाट कुनै पनि उडान हुन नसकेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । आज दिनभर हिउँ नपग्लिए भोलि भने सुरक्षाकर्मीको सहयोगमा हिउँ पन्छ्याएर विमानस्थल नियमित गराउने तयारी गरिएको उनले बताए ।

हिमपातसँगै जोमसोम भित्रने नाका घाँसा र म्याग्दीको गुइँठे तातोपानीमा हिजोदेखि नै बाटो अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् । मुस्ताङमा यस वर्ष पटक–पटक हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मुस्ताङका रेञ्जर धनु गुरुङले जानकारी दिए ।

यसवर्ष मुस्ताङमा पाँचौं पटक हिउँ परेको जानकारी गराउँदै उनले छ वर्षको अन्तरालमा धेरै हिउँ परेको अनुभव सुनाए । हिमपातका कारण अन्नपूर्ण चक्रिय पदमार्ग अन्तर्गत मुस्ताङ निस्कने थोराङपास पनि बन्द भएको छ । हिमपातका कारण खेतीलाई राम्रै गरे पनि टुसाउँदै गरेका बोट वृक्षलाई भने क्षति पुर्याएको ठिनी गाउँका मुखिया तिकप्रसाद थकालीले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy