Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ७५% सम्म भत्ता

काठमाडौँ । सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिने डाक्टर र नर्सलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता दिइनेछ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - त्यस्तै, संक्रमण रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित कार्यमा खटिने निजामती, सुरक्षाकर्मी र नागरिक उड्डयन कार्यालयका कर्मचारीलाई पनि सुरु तलबमानको ५० प्रतिशत भत्ता दिने निर्णय समितिले गरेको छ ।

संक्रमितको उपचारका लागि स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाभित्र एक सय २० वटा आइसियू बेड अविलम्ब थप्ने निर्णय समितिले गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, वीर, पाटन, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र आयुर्वेद अस्पताल कीर्तिपुरमा २०–२० आइसियू बेड थपिने समितिले जनाएको छ । त्यस्तै, प्रदेशहरूमा आवश्यकताअनुसार कम्तीमा एक सय १५ वटा आइसियू बेडको व्यवस्था गर्न समितिले निर्देशन दिएको छ ।

कोरोना संक्रमितको उपचारका लागि खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रलगायत उपत्यकामा रहेका स्वास्थ्य मन्त्रालयले तोकेका विभिन्न अस्पताल तथा भवनमा एक हजार बेडको व्यवस्था मिलाउने निर्णय पनि समितिले गरेको छ ।

उपचारमा कम्तीमा नौ सय ३६ स्वास्थ्यकर्मी खटाइने

कोरोना भाइरस संक्रमणको उपचारका लागि सरकारले उपत्यकाका ६ अस्पताललाई तोकेको छ । हरेक अस्पतालमा एक सय ५६ स्वास्थ्यकर्मी खटाउने सरकारको तयारी छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलको संयोजकत्वमा गठित कोभिड– १९ द्रुत सम्भाव्यता अध्ययन कार्यदलले सोमबार २० वटा आइसियू बेड सञ्चालनका लागि एक सय ५६ स्वास्थ्यकर्मी आवश्यक हुने प्रस्ताव मन्त्रालयमा पेस गरेको छ । ४० बेड आइसियू सञ्चालन हुने अस्पतालमा तीन सय १२ स्वास्थ्यकर्मी खटिनेछन् । कार्यदलको प्रस्तावअनुसार मन्त्रालयले स्वास्थ्यकर्मी खटाउने तयारी गरेको छ । आइसियू व्यवस्थापनका लागि आवश्यक पर्ने ५१ प्रकारका उपकरण खरिदका लागि सूचीसहितको प्रस्ताव कार्यदलले मन्त्रालयमा पेस गरेको छ ।

२० बेड आइसियू भएका अस्पतालमा चारजना एनेस्थेसिया विशेषज्ञ, चार क्रिटिकल केयर र इन्टरनल मेडिसिन विशेषज्ञ, १६ मेडिकल अफिसर, आठ नर्सिङ अफिसर, एक सय स्टाफ नर्स, १० प्रशासनिक कर्मचारी र १५ जना कार्यालय सहयोगी खटाइनेछन् । ४० बेड आइसियू सञ्चालन गरेको अवस्थामा त्यही अनुपातमा स्वास्थ्यकर्मी खटाइनेछन् ।

स्वास्थ्य मन्त्रालयले अस्पतालहरूमा आइसियू निर्माणका लागि अर्थ मन्त्रालयसमक्ष बजेट प्रस्ताव गरेको छ । स्रोतका अनुसार टेकु अस्पतालले ४० बेड आइसियू सञ्चालन गर्ने भएकाले सबै व्यवस्थापनका लागि २३ करोड ५० लाख प्रस्ताव गरिएको छ । अन्य चार अस्पताललाई १२ करोड ५० लाखका दरले दिने प्रस्ताव गरिएको छ ।

टेकु अस्पतालका कर्मचारी प्रशासन शाखा प्रमुख रूपनारायण खतिवडाका अनुसार विषम परिस्थितिसँग जुध्न खटिएका करारका स्वास्थ्यकर्मीलाई तलब स्केलको ७५ प्रतिशत भत्ताको समेत व्यवस्था गरिएको छ । तर, स्थायी रूपमा काम गरिरहेका ल्याब, रेडियोलोजी, नर्सिङ जनशक्तिलाई भने २५ प्रतिशत भत्ता दिइनेछ । उनीहरूले सम्बन्धित अस्पतालबाट नियमित भत्ता पाउँदै आएका छन् ।

सोमबार १८ जनाको कोरोना परीक्षण

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबार १८ जनाको कोरोना भाइरस ९कोभिड–१९० को नमुना परीक्षण गरिएको छ । तर, सबैको नतिजा नेगेटिभ आएको प्रयोगशालाकी निर्देशक डा। रुणा झाले बताइन् ।

आइतबारसम्म चार सय ६० जनाको नमुना परीक्षण गरिएको छ । अहिलेसम्म नेपालमा एकजनामा मात्रै कोरोना भाइरस पुष्टि भएको छ । प्रयोगशालाले कडा प्रकारको श्वासप्रश्वास भएर आइसियूमा भर्ना भएका बिरामीको पनि कोरोना परीक्षण थालेको छ । त्यसका लागि काठमाडौंका दश अस्पताल तोकिएको छ ।

यसैबीच, चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले कोरोनाको संकट समाधानका लागि आवश्यक परे सहयोग गर्न तयार रहेको बताएको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै सरकारलाई जुनसुकै परिस्थितिमा पनि सहयोग गर्न तयार रहेको बताएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending