Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

माथिल्लो तामाकोसी आयोजना बाँध र डिस्यान्डर बेसिन परीक्षण

चरीकोट । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध तथा डिस्यान्डर बेसिनको परीक्षण सुरु भएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - सोमबारबाट सुरु गरिएको परीक्षण न्यूनतम आठ दिनसम्म गर्नुपर्ने भए तापनि निरन्तर आगामी २२ गतेसम्म गरिने तालिका बनेको आयोजना प्रवक्ता डा। गणेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन अर्थात् सोमबार बाँधमा चार मिटर पानी जम्मा गरिनेछ । त्यसपछि क्रमशः दुई÷दुई मिटर प्रतिदिन पानी थप्दै लगिने छ । हरेक गेट बन्द गरेर बाँधमा पानी जम्छ कि जम्दैन परीक्षण गरिन्छ ।

बाँध, गेट र इन्टेक समेतका संरचनाले काम गरे नगरेको पनि थाहा हुन्छ । बाँधको परीक्षणपछि बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर) मा पानी भरेर परीक्षण गरिन्छ ।

आयोजनाको बाँधको दायाँतिरको भाग गत २०७२ वैशाखको भूकम्पले १७ इञ्च भासिएको छ । यसरी भासिएपछि अमेरिकाबाट विशेषज्ञ समेत झिकाएर अध्ययन गराइएको थियो । विशेषज्ञको सुझाव अनुसार बाँधमा ग्राउटिङ प्रविधि अपनाएर मर्मत गरिएको थियो ।

बाँधको ६० मिटर लम्बाइ र २२ मिटर उचाइ रहेको छ । बाँधको सतहमुनि सात मिटर र त्यसभन्दा माथि १५ मिटर उचाइ छ । ६० मिटर लम्बाइमा डिस्यान्डरमा जाने चारवटा गेट रहेका छन् भने नदीको पानी बाहिर पठाउन चारवटा गरी आठवटा गेट रहेका छन् ।

आयोजनामा दुई सय मिटर लम्बाइका दुईवटा डिस्यान्डर बेसिन रहेका छन् । दुवैमा पालैपालो पानी भरेर परीक्षण गर्न लागिएको आयोजनाका प्रवक्ता डा.न्यौपानेले जानकारी दिए ।

यो परीक्षणपछि सुरुङको परीक्षण क्रमशः गर्दै जाने आयोजनाको कार्ययोजना रहेको छ । अहिले हेडरेस सुरुङको फिनिसिङको काम अन्तिम चरणमा छ । आयोजनाको समग्र प्रगति ९९.४ प्रतिशत पुगेको छ । सबैभन्दा कठिन काम दुईवटा ठाडो सुरुङमा पाइप जडान भइरहेको उनले बताए ।

दुईवटा ठाडो सुरुङमध्ये एउटा ३७३ मिटरको तल्लो ठाडो सुरुङको २६० मिटर पूरा भएको छ । तल्लोमा ११३ मिटर मात्र बाँकी छ । अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोबाट पाइप जडान भइइरहेको छ ।

माथिल्लो खण्डको ३१० मिटरमध्ये १५५ मिटर पाइप जडान भएको छ भने १५५ मिटर नै बाँकी छ । यसको जडान टेक्सम्याको आफैँले गर्दै आएको छ ।

टेक्सम्याकोकै ढिलाइकै कारण आयोजनाको समग्र प्रगति एक वर्ष ढिलाइ भएको छ । काम अन्तिम चरणमा पुगेकाले कर्मचारी पनि अन्तिम कसरतमा छन् । पछिल्लो कार्यतालिका अनुसार आउँदो असार मसान्तसम्म पहिलो परीक्षण गरी ७६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ ।

ठाडो सुरुङभित्रको पाइप जडानपछि दुवै पाइप बीचको तेर्सो एक सय मिटर पाइपको काम सुरु हुने छ । तर ठाडो सुरुङभन्दा सहज हुने हुँदा एक महिनामा यो जडानको काम पूरा हुने आयोजनाले जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy