काठमाडौं । कोरोना भाइरस संक्रमण भए–नभएको जाँच एवं घाँटीको र्याल (थ्रोट स्वाव) संकलन गर्दा स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) सकिन लागेको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - दुई महिनायता एक हजार भन्दा बढी पीपीई सेट प्रयोगमा आइसकेको छ । पीपीईमा स्वास्थ्यकर्मी एवं अन्य सहयोगीले लगाउने विशेष खालको सुरक्षित सामग्री (गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चश्मा, मास्क, पञ्जा, बुट) लगायतका सामग्री हुन्छन् ।
पीपीई पुनः प्रयोग गर्न नमिल्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा निर्देशक भोगेन्द्रराज डोटेलले जानकारी दिए ।
चीनको उहानबाट उद्धार गरिएका १ सय ७५ नेपाली र आइसोलेनमा राखेर उपचार गराइएका स्वदेशी एवं विदेशीको घाँटीको र्याल (थ्रोट स्वाव) संकलन र स्वास्थ्य जाँचका क्रममा पीपीई प्रयोग गरिएको थियो ।
त्यस्तै, एम्बुलेन्स चालक, फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिले पनि पीपीई प्रयोग गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । कामका क्रममा हुने स्वास्थ्य खतरा (अकुपेसनल हाजार्ड) बाट जोगिन स्वास्थ्यकर्मीले पीपीई पहिरिनु पर्ने डब्लुएचओको मापदण्ड छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हालसम्म ४ सय ६४ जनाको स्वाव परीक्षण गरिएको छ । ४८ जनालाई आइसोलेसन कक्षमा राखेर डिस्चार्ज गरिएको अस्पतालका प्रमुख कन्सल्ट्याण्ट डा।अनुप बास्तोलाले जानकारी दिए ।
उनले भने, ‘कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिए आइसोलेसनमा राखेर निगरानी गर्नुपर्ने हुन्छ । आइसोलेसनमा बसेका बेला स्वास्थ्यकर्मीलाई पीपीई आवश्यकता पर्छ ।’
शुक्रराज अस्पताल स्वास्थ्य परीक्षण गराएका मध्ये एक जनामा भाइरस पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएका ती व्यक्ति अहिले स्वस्थ रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । सरकारले खरिद गरेको ६ सय पीपीई सेट सकिएपछि गत साता डब्लुएचओले एक हजार सेट उपलब्ध गराएको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: