Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

विद्यार्थी बोक्ने बसको गुणस्तर र समय अध्ययन गर्न कार्यदल

काठमाडौं । टाढा–टाढादेखि घन्टौँसम्म विद्यार्थी ओसारेर ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त पार्ने उपत्यकाका स्कुल बसलाई टाइम कार्ड लागू हुने भएको छ । ट्राफिक प्रहरीले बिहान ९ बजेभित्र विद्यालय प्रवेश गरिसक्नुपर्ने र अपराह्न ३ बजे छुट्नुपर्ने टाइम कार्ड लागू गर्न लागेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले आगामी वैशाखदेखि टाइम कार्ड लागू हुने बताए । ‘विद्यार्थी बोकेको बस बिहान ९ बजेभित्र विद्यालय प्रवेश गरिसक्नुपर्ने र अपराह्न ३ बजे छुट्नुपर्ने टाइम कार्ड वैशाखदेखि लागू गर्न लागिएको छ,’ एसएसपी ढकालले भने, ‘सरोकारवालासँग छलफल गरेरै निर्णय भएको हो ।’

यो निर्णय कार्यान्वयन तथा विद्यार्थी बोक्न कस्तो बस प्रयोग गर्नेलगायत अन्य सुधारका लागि कार्यदल पनि बनेको उनले बताए ।

प्रधानमन्त्री कार्यालयबाट जारी भएको ‘काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन योजना, २०७६’ ले विद्यालय बस बिहान ९ बजेसम्म प्रवेश गरिसक्नुपर्ने र ३ बजेसम्म सञ्चालन हुने उल्लेख भएपछि कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा कार्यदल बनेको हो ।

आइतबार बनेको कार्यदलमा शिक्षा मन्त्रालयका विद्यालय महाशाखा प्रमुख, ट्राफिक प्रहरी, प्याब्सन, एनप्याब्सन, अभिभावकलगायत सरोकारवाला छन् । विद्यालय बसको व्यवस्थापनलगायत विषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा समेत छलफल भएको थियो ।

‘विद्यार्थी बोक्न प्रयोग भएका बसलगायत विकृतिका विषयमा समेत निचोडमा पुग्न कार्यदल बनेको छ,’ एसएसपी ढकालले भने । विद्यार्थी बोक्न पहेँले रङको बस प्रयोग गर्नुपर्ने भए पनि ठूला भनिएकै निजी विद्यालयले भाडा (कालो प्लेट) का थोत्रा गाडीमा ओसार्दै आएका छन् ।

शिक्षा मन्त्रालयका विद्यालय महाशाखा प्रमुख कृष्णप्रसाद कार्कीले बस सञ्चालनको समयका विषयमा ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालीन योजनामा उल्लेख भएको र कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन दिइने बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending