काठमाडौं । सत्तारुढ दल नेकपाले दुई अध्यक्षबीचको छलफलपछि बुधबार सचिवालय बैठक बोलाएको छ। प्रधानमन्त्री केपी ओली मिर्गौला पुनः प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि १८ फागुनमा बैठक बसेको थियो।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - मिर्गौला प्रत्यारोपण गरी बालुवाटार फर्केका ओलीले बढाएको राजनीतिक सक्रियतापछि बुधबार बैठक बस्न लागेको हो। ‘बुधबार सचिवालय बैठक बोलाइएको छ’, वरिष्ठ नेता झलनाथ खनालले अन्नपूर्णसँग भने, ‘बैठकका एजेन्डा अहिले जानकारी गराउने गरिएको छैन।’
उपाध्यक्ष वामदेव गौतमबारे निर्णयमा पुनर्विचारको एजेन्डा बन्न सक्छ कि भन्ने अन्नपूर्णको जिज्ञासामा खनालले भने, ‘वामदेवजीलाई राष्ट्रियसभामा लैजाने विषयमा पार्टीले जे निर्णय गर्यो त्यो भइसक्यो। त्यसमा पुनर्विचार हुँदैन। त्यो छलफलमा आउने विषय पनि होइन।’
उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत कोटामा पठाउने÷नपठाउने विषयमा विवाद छ। १८ फागुनको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको थियो। उक्त निर्णयमा प्रधानमन्त्री ओलीले असहमति जनाएपछि विवाद उत्कर्षमा छ।
बैठक बोलाउन प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफल भएको थियो। दुई अध्यक्षबीच संवादका लागि महासचिव विष्णु पौडेलले भूमिका खेलेका थिए। पौडेलले बिहान खुमलटार पुगेर दाहालसँग छलफल गरेका थिए।
१४ फागुनको सचिवालय बैठकपछि ओली र दाहालबीच तीन चरणको भेटमा राजनीतिक संवाद भएको थिएन। मंगलबार भने पार्टी एकताका बाँकी काम, उपाध्यक्ष गौतमका सन्दर्भमा सचिवालयले गरेको निर्णय र कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिने उपायलगायत विषयमा भएको छलफलपछि दुवै अध्यक्ष बैठक बोलाउने निष्कर्षमा पुगेका हुन्।
तत्कालीन एमालेभित्रको समीकरण÷मतभेदबाट फाइदा लिएर सरकार र आफूविरुद्ध मोर्चाबन्दीको प्रयास गरेको भन्दै ओली दाहालसँग रुष्ट थिए। उनी पार्टीमा सकभर बहुमतको निर्णय नमान्ने र सहमतिकै आधारमा निर्णय लिनुपर्ने पक्षमा उभिँदै आएका छन्।
दाहाल पनि आफूलाई पार्टीमा कार्यकारी अधिकार दिइए पनि त्यसको अनूभति गर्न नदिएको, राजनीतिक नियुक्तिलगायत निर्णयमा एकलौटी गरेको, सचिवालयको निर्णय कार्यान्वयनमा अटेर गरेकोमा ओलीसँग असन्तुष्ट छन्।
महासचिव पौडेलले नेताहरूबीच समस्या समाधानतिर सकारात्मक छलफल चलिरहेको बताए। बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पनि छलफल हुने नेताहरूको भनाइ छ।
ओली–दाहाल द्वन्द्व
नेकपामा नेपाललाई ‘कर्नर’मा पार्न एक समय ओली र दाहालबीच साँठगाँठ चल्यो। नेपालले विधि र पद्धतिका विषय उठाइरहे। पार्टीका कतिपय संगठनात्मक निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखे। त्यसमा दुई अध्यक्षमध्ये कसैले पनि चासो देखाएनन्।
दाहाललाई लागेको थियो– प्रधानमन्त्रीसँग पार्टी एकता गरिएको हो। ‘भद्र सहमति’का आधारमा पार्टी कमान्ड क्रमशस् ओलीपछि आफ्नै हातमा आइहाल्छ। दाहाललाई ओलीसँग त्यत्ति विश्वास थियो।
जब ओलीले सरकारका नियुक्तिदेखि पार्टीसमेत आफ्नै कमान्डमा राख्ने र निर्णय–प्रक्रियामा आफूलाई लागेका निर्णय गर्दै जान थाले तब दाहाल चिढिन पुगे। ओलीको कार्यशैलीसँग असन्तुष्ट बनेपछि दाहालले नयाँ साथीहरू खोज्न थाले। त्यही क्रममा नेपालसँग उनको हिमचिम बढेको दाहालनिकट एक नेताले बताए।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: