Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

विद्यालय बन्द, एसईई चालू, नयाँ भर्ना गर्न नपाइने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तीन हप्तासम्म विद्यालय बन्द गर्न अपिल गरेका छन् । उनले सो अवधिमा स्कुले उमेरका करिब ७० लाख बालबालिकालाई परिवारसँग घरमै बस्न अपिल गरेका हुन् ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - एसईई परीक्षा शुरू हुनु दुई दिनअघि मंगलबार जारी गरेको अपिलमा मन्त्री पोखरेलले भोलि बिहीबारदेखि शुरू हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई० भने नरोकिने जानकारी दिएका छन् ।

उच्च सतर्कताका साथ परीक्षा सञ्चालन गरिने भएकाले परीक्षा नरोकिने स्पष्ट पार्दै उनले सबै विद्यार्थीलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् ।

मन्त्री पोखरेलले आज ५ गतेसम्म परीक्षा सकिएका १ देखि ९ कक्षासम्मका सबै विद्यार्थीलाई भोलिबाट परिवारसँग बस्न अपिल गरेका छन् ।

कोरोना भाइरसको संक्रमणको त्रास रहेको अवस्थामा परीक्षा सकेका विद्यार्थीलाई घरबाहिर नजान र यो अवधिमा मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखी विद्यालयमा सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न उनले अपिल गरेका छन् ।

मन्त्रालयको अपिल सबैले पालना गर्नुपर्ने बताउँदै मन्त्री पोखरेलले भनेका छन्, ‘कतिपय स्थानीय तहले मन्त्रालयको निर्देशन अटेर गरी आ–आफ्नै ढंगले परीक्षा सञ्चालन र विद्यालय भर्नासम्मका क्रियाकलाप गर्न थालेपछि शिक्षाले संघीय मन्त्रालयमार्फत सबै कार्यक्रम स्थगित गर्न मन्त्रालयले पत्र पठाउने तयारी गरेको छ।’

उनका अनुसार विशेष गरी भर्ना र वार्षिकोत्सवलगायतका कार्यक्रम रोक्न अपिल गरिएको हो। अटेर गर्ने विद्यालयलाई कस्तो कारबाही गर्ने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयसँग राय लिइनेछ।

मन्त्री पोखरेलले भने, ‘संकटको अवस्थामा सबैले सहयोग गर्नुपर्ने दायित्व भएकाले अपिल गरेका हौं। विश्वविद्यालयले लिइरहेको र अब लिने परीक्षाको विषयमा कस्तो निर्णय गर्ने भन्ने विषयमा उपकुलपतिहरूसँग छिट्टै बैठक बसेर निर्णय दिइनेछ।’

स्वास्थ्य क्षेत्रका विज्ञ तथा शिक्षाका सरोकारवालसँगको परामर्श र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उच्चस्तरीय समितिसँगको छलफल तथा विश्लेषणका आधारमा एसईई परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै पर्याप्त सावधानी अपनाएर सञ्चालन र व्यवस्थापन गर्ने प्रबन्ध गरिएको मन्त्रीको अपीलमा उल्लेख छ।

मन्त्री पोखरेलले विद्यार्थीलाई स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा हेल्थडेस्क राख्ने प्रबन्धका लागि ७ सय ५३ वटै स्थानीय तहलाई अनुरोध गरिएको जानकारी दिए ।

अपिलमा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई आवश्यक नो अब्जेक्सन लेटर ९एनओसी० मा सरकारले लगाएको रोक दुई अवस्थाका लागि खुला गरिएको उल्लेख गरेको जनाएका छन् ।

उता शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले आफैं विद्यालय बन्द गर्न आग्रह गरेका निजी विद्यालयले आफैंले भर्ना खुलेको सूचना दिनु गलत भएको बताए ।

अहिले हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माको ह्वाइट हाउस वल्र्ड स्कुल, अक्षरा, रोजबर्ड प्रिमियर, मोदीलगायत नाम चलेका दुई दर्जन बढी ठूला विद्यालयले भर्ना खोलिसकेका छन्।

प्रवक्ता शर्माले भर्ना लिने समय वैशाखदेखि भएकाले अहिलेदेखि आत्तिएर तनाव बढाउन जरुरी नभएको बताउँदै भने, ‘अब विद्यालयमा तीन हप्ता भीडभाड हुने सबै कार्यक्रम स्थगित गर्छौं।’

यसैबीच यस वर्षको एसईई परीक्षा भोलि बिहीबारदेखि सुरु हुँदै छ। विद्यालय बन्द गर्ने बताए पनि सरकारले करिब ५ लाख विद्यार्थी सहभागी हुने उक्त परीक्षा तत्काल नरोक्ने बताएको हो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy