Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

हल्लामै बजार अनियन्त्रित

काठमाडौं । हल्लाका भरमा अत्यधिक संख्यामा सञ्चित गर्दा बजारमा ग्यास अभाव देखिएको छ। पेट्रोल लिन पनि उपभोक्ता लामो लाइन लाग्न थालेका छन्। नेपाल आयल निगम र व्यवसायीले हल्लाअनुसार पूर्वतयारी नगर्दा पम्पहरूमा लाइन लाग्नुपर्ने अवस्था आएको हो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - उपत्यकाका पम्पहरूमा सोमबार साँझदेखि पेट्रोल लिन लाइन लागेको थियो। उपभोक्ताको भीड मंगलबार साँझसम्म यथावतै देखियो। यसमा मुख्य तीन कारण देखिएको नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिनेन्द्र प्रधान बताउँछन्।

भारतले कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत आइतबारदेखि प्रमुख चारबाहेक अन्य नाका बन्द गरेको छ। भारतले नाकाबन्दी लगाएको भनेर गलत हल्ला चलाएका भरमा उपत्यकावासी सकेसम्म बढी परिमाणमा पेट्रोलको जोहो गर्न पम्पमा ओइरिए।

यस्तो अवस्थामा निगमले शनिबार पनि थानकोट डिपो सञ्चालनमा ल्याई पम्पलाई पेट्रोल उपलब्ध गराउनुपथ्र्यो। निगमले शनिबार डिपो बन्द राख्यो।

थानकोट डिपोले शुक्रबार पेट्रोल ९ लाख ३३ हजार र डिजेल १२ लाख ७ हजार लिटर वितरण गरेको थियो। उसले आइतबार दिउँसो २ बजेदेखि पेट्रोल ८ लाख २८ हजार र डिजेल ९ लाख ८३ हजार लिटर उपत्यकाको बजारमा पठाएको थियो। निगमले आफ्नो योजनाअनुरूप आइतबार बिहान ७ बजेदेखि इन्धन उपलब्ध पनि गराएन।

मागको तुलनामा निगमले अपर्याप्त परिमाणमा इन्धन बजारमा पठाउनु र शनिबार नदिनुले बजारलाई झनै अनियन्त्रित बनाएको अध्यक्ष प्रधान बताउँछन्। उनका अनुसार पेट्रोलका लागि लामो लाइन लाग्नुमा व्यवसायीको पनि भूमिका छ।

मूल्य घट्ने सवालमा व्यवसायीले कम परिमाणमा इन्धन उठाएको, त्यही पनि बिक्री नगरेकाले बजारमा कृत्रिम अभाव गराउन भूमिका खेलेको प्रधान स्वीकार गर्छन्।

निगमले अंग्रेजी महिनाको १ र १६ तारिखमा इन्धनको मूल्य समायोजन गर्छ। अन्तर्राष्ट्रिय बजारमा घट्दो मूल्यअनुसार निगमले सोमबार मूल्य समायोजन गर्दै छ भन्ने जानकारी पाएका व्यवसायीले कम परिमाणमा थानकोट डिपोबाट इन्धन उठाए। उनीहरूले आइतबार र सोमबार त्यसको एकचौथाइ पनि बिक्री नगरी पम्प बन्द गरे।

‘भारतले फेरि नाकाबन्दी गरेको गलत हल्ला सामाजिक सञ्जालमार्फत फिजाइयो’, उनी भन्छन्, ‘त्यसको प्रत्यक्ष प्रभाव पम्पहरूमा पर्‍यो। उपभोक्ता हल्लाकै भरमा ग्यालेन र मिनरल वाटरको बोतलमै पेट्रोल लिन लाइनमा बस्न थालेका छन्। उपभोक्ताले भूकम्प र नाकाबन्दीकै अवस्था सिर्जना हुने हल्लाका भरमा अनावश्यक जोहो गर्न थालेपछि भीड बढेको हो।’

सिनामंगलस्थित तपस्या ट्रेडर्स पम्पका सञ्चालक श्याम बुढाथोकी पेट्रोल माग शनिबारदेखि सामान्य अवस्थाभन्दा झन्डै ४० प्रतिशतले बढेको बताउँछन्। पर्याप्त परिमाणमा इन्धन दिए पनि लाइन कम नभएको बुढाथोकीको भनाइ छ। उनी बाग्मती पेट्रोल डिलर्स एसोसिएसनका उपाध्यक्षसमेत हुन्।

‘पेट्रोल छैन’ भनेर बोर्ड झुन्ड्याएकै पम्पहरूले पेट्रोलको कालोबजारी गरेको भेटिएको छ। चारपांग्रे सवारीको डिक्कीमा लुकाइएको ड्रममै आवश्यकताभन्दा बढी पेट्रोल बिक्री गरिएको छ। दुईपांग्रेले ग्यालेनमै पेट्रोल खरिद गरी लगेको फेला परेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy