Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

भरतपुरमा ७२ घण्टाभित्र कोरोना विशेष अस्पताल

चितवन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण अहिलेसम्म नेपालको कुनै पनि भागमा देखापरेको छैन।

आजको नागरिक दैनिकमा खबर छ - विश्वव्यापी टाउको दुखाइको विषय बनेको पृष्ठभूमिमा यो भाइरसको संक्रमण नेपालभित्र कतै देखापरेमा संक्रमितहरूको उपचारका लागि भरतपुरमा ७० शैय्याको कोरोना विशेष अस्पताल ७२ घण्टाभित्रै निर्माण गरिने भएको छ। भरतपुर महानगरपालिका–१० स्थि एक्स्पो सेन्टरलाई महानगरले ७० शैय्याको विशेष अस्पतालमा रूपान्तरण गर्न लागेको हो।

भरतपुर महानगरको अगुवाइमा मंगलबार आयोजना गरिएको सरोकारवालाको बैठकले ७० शैय्याको विशेष अस्पताल ७२ घण्टाभित्र बनाउने निर्णय गरेको हो। बैठकले महानगरपालिका प्रमुख रेनु दाहालको संयोजकत्वमा १५ सदस्यीय ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्वतयारीका लागि कार्यदल’ समेत गठन गरेको छ।

महानगर प्रमुख दाहालले १० शैय्याको आइसियू, १० शैय्याको एचडियू र ५० शैय्याको जनरल वार्ड बनाउने निर्णय भएको जानकारी दिइन्।

‘७२ घण्टाभित्र चितवन एक्स्पो सेन्टरमा ७० बेडको कोरोना विशेष अस्पताल बनाई सेवा सुरु गरिनेछ,’ उनले भनिन्, ‘कोरोना विशेष अस्पतालमा शंकास्पद सबै बिरामीलाई राखिनेछ। भरतपुर अस्पताल र अन्य निजी अस्पतालमा रहेका आइसोलेसन वार्डहरू पनि कायम रहन्छन्।’

महानगर प्रमुख दाहालले रोग भित्रिन नदिन उच्चसतर्कता अपनाउने काम भइरहेको भन्दै रोग फैलिइहालेमा पूर्वतयारीका लागि अस्पताल निर्माणको काम थालिएको बताइन्।

उनले सरोकारवाला सबै पक्ष एकजुट भएर काम गरेमा रोग भित्रिन नपाउने र कथंकदातिच् भित्रिएको अवस्थामा पनि क्षति बेहोर्नुनपर्ने बताइन्। दाहालका अनुसार कोरोना भाइरस संक्रमणको समस्या देखापरेको अवस्थामा स्थिति सहज बनाउन कार्यदलले अन्यत्र पनि क्वारेन्टाइनका लागि ठाउँ हेरिएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE