Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

कोरोना भाइरसको संक्रमणबाट बौरिँदै चीन

बेइजिङ । डिसेम्बर अन्तिम सातादेखि कोरोना भाइरसको संक्रमणमा रहेका चिनियाँको जनजीवन बिस्तारै सामान्य बन्न थालेको छ। धेरै प्रान्त र सहरमा कलकारखाना पूर्ववत् सञ्चालन हुन थालेका छन्। किसान काममा फर्किएका छन्।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - केही प्रान्तमा शिक्षण संस्थामा पठनपाठन हुन थालेको छ भने पर्यटकीय स्थलमा पनि चहलपहल बढेको छ। तर पछिल्लो अवस्थामा कोरोना भाइरसका कारण चीनलाई चिन्तित बनाएको छ।

विदेशबाट आएका चिनियाँ, चिनियाँ प्रवासी तथा चिनियाँ मूलका विदेशी कोभिड–१९ बाट संक्रमित भएको पाइएका छन्। पछिल्लो तथ्यांकअनुसार विदेशबाट आएका १५५ चिनियाँ कोभिड–१९ संक्रमित छन्। बेइजिङ, साङहाई, कान्सु, चच्याङ, क्वाङतोङलगायतका गरी ११ वटा सहर र प्रान्तमा कोभिड–१९ देखिएको छ।

राष्ट्रिय स्वास्थ्य आयोगका उच्च अधिकारी मी फङले विदेशबाट आउनेलाई चीन प्रवेशमा रोक्नु नै मुख्य प्राथमिकता रहेको बताए। उनले चिनियाँ नागरिकलाई विदेश यात्रा नगर्न आग्रह गरेका छन्। मंगलबार देखिएका १३ नयाँ संक्रमितमध्ये १२ जना विदेशबाट आएका थिए।

सरकारले विदेशबाट आएकालाई तोकिएको क्वारेन्टाइन क्षेत्रमा बस्नुपर्ने व्यवस्था गरेको छ। त्यसबापत लाग्ने खर्च व्यक्ति आफैंले व्यहोर्नुपर्नेछ। यसअघि बेइजिङ फर्केका सबैलाई सेल्फ क्वारेन्टाइनका लागि भनिएको थियो। सोमबारदेखि विदेशबाट आउने सबै यात्रुले अनिवार्य रूपमा सरकारले तोकेको क्षेत्रमा क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था लागू गरिएको हो।

चीनले सन् २००३ मा सार्स महामारीका बेला निर्माण गरिएको स्याओथाङसान अस्पताल पुनः सञ्चालनमा ल्याएको छ। क्वारेन्टाइनमा राख्नेको संख्या बढ्दै गएपछि अस्पताल पुनः सञ्चालनमा ल्याइएको चिनियाँ अधिकारीहरूले बताए।

कोभिड–१९ को केन्द्रबिन्दु मानिएको हुपई प्रान्तको उहान सहरमा मार्च ११ देखि संक्रमितको संख्या एक अंकमा झरेको छ। उक्त प्रान्तका अन्य सहरमा नयाँ संक्रमित नभेटिएको १३ दिन भएको छ। राष्ट्रिय स्वास्थ्य आयोगको मंगलबारको तथ्यांकअनुसार चीनमा ८० हजार ८ सय ९४ संक्रमित छन्। तीमध्ये ६९ हजार ६ सय १ जना निको भएर घर फर्किसकेका छन्। चीनमा कोरोना भाइरस संक्रमणबाट ३ हजार २ सय ३७ को मृत्यु भएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE