Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

कोरोना भाइरस संक्रमित देशबाट नेपाल आउन प्रतिबन्ध

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण फैलिएका युरोपेली मुलुक, पश्चिम एसियालीलगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले शुक्रबार (मार्च २०) देखि वैशाख ३ (अप्रिल १५)सम्म ती मुलुकका नागरिकलाई नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

बैठकले ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट नेपाल प्रवेश गर्न खोज्ने विदेशीलाई समेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ। सरकारको निर्णयसँगै कन्सुलर सेवा विभागले नेपालस्थित सबै विदेशी दूतावास र विदेशस्थित नेपाली दूतावासमार्फत सम्बन्धित मुलुकमा कोरोना भाइरस संक्रमण रोक्न गरिएको सावधानीबारे लिखित जानकारी गराएको छ।

आवागमनमा प्रतिबन्ध लगाइएका मुलुकका नागरिक आफ्नो मुलुक फिर्ता जान नसकेमा उनीहरूको भिसा अवधि सहजै नियमित गरिने निर्णय बैठकले गरेको छ। तर त्यसका लागि सम्बन्धित मुलुकका नागरिकले आफ्नो भिसा अवधिभित्र अध्यागमन विभागमा आवेदन दिनुपर्नेछ। त्यसको समन्वय गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले गर्नेछन्।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइसरको संक्रमण विश्वव्यापी फैलिरहेको छ। युरोपेली मुलुकमा सबैभन्दा बढी इटालीले कोरोना भाइरस संक्रमण भोगिरहेको छ। विश्व स्वास्थ्य संगठनले समेत विश्वका जुनसुकै मुलुकमा जुनसुकै बेला कोरोना भाइरस संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेकोे छ। सरकारले यसअघि स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न खोज्ने विदेशी आवागमनमा प्रतिबन्ध लगाइसकेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending