Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

‘विदेशमा कोरोना भाइरसबाट सतर्क रहनू’

काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीलाई कोरोना भाइरसबाट सतर्क रहन आग्रह गरेको छ। कोरोना फैलिएको सबै मुलुकमा नेपाली पुगेका छन्। सरकारले उनीहरूलाई सकेसम्म घरबाहिर ननिस्कन अपिल गरेको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - अस्ट्रेलियास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई एकै स्थानमा जम्मा नहुन र बाहिर ननिस्कन भनेको छ। अस्ट्रेलियामा डेढ लाखभन्दा बढी नेपाली छन्। तीमध्ये अधिकांश विद्यार्थी छन्।

अस्ट्रेलियाका नेपाली खाना मात्र होइन ट्वाइलेट पेपरसमेत नपाएर असहजमा छन्। चितवनका उमेश थापाले सिड्नीबाट टेलिफोनमा भने, ‘हामी त ट्वाइलेट पेपर पनि नपाएर अलमलमा छौं। खानेकुरा त जम्मा गरिएको छ। त्रास बढ्दो छ।’

त्यस्तै अवस्था खाडीमा रहेका नेपालीको पनि छ। दक्षिण कोरिया र जापानमा रहेका नेपालीले पनि उस्तै पीडा सुनाएका छन्। ती देशका नागरिकलाई सम्बन्धित दूतावासमार्फत सतर्क रहन अपिल गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सरकारले कोरोना भाइरसको जोखिम कम गर्न छिमेकी र शक्ति राष्ट्रको सहयोग लिने तयारी गरेको छ। चीनले यसअघि नै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सार्क क्षेत्रमा पनि भारतको अगुवाइमा सहकार्य गरेर महामारीविरुद्ध लड्ने तयारी छ।

शान्ति सेनालाई सतर्क रहन निर्देशन

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न शान्ति मिसनमा रहेका नेपाली सेनाले उच्च सतर्कता अपनाइरहेको जंगी अड्डाले जनाएको छ।

मिसनमा तैनाथ शान्ति सैनिकलाई संक्रमणबाट खतरामुक्त रहेको यकिन गर्न आवश्यक प्रबन्ध मिलाइएको छ। विश्वका ११ मुलुकमा पाँच हजार एक सय एक नेपाली शान्ति सैनिक खटिएका छन्।

यसैबीच दक्षिण सुडानले चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकहरुको हवाई आवगमनमा रोक लगाएको छ। ती देशमा तैनाथ हुन जाने शान्ति सैनिकको रि–डिप्पोयमेन्ट स्थगित भएको नेपाली सेनाले जनाएको छ।

जंगीअड्डामा पूर्वाभ्यास

नेपाली सेनाले कोरोनाको जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे जंगीअड्डा परिसरमा पूर्वाभ्यास गरेको छ। अस्पताल र क्वारेन्टाइन झल्कने त्रिपाल स्थापना गरी बिरामीको प्रवेशसँगै रोग परीक्षण, शंकास्पद व्यक्ति राख्ने स्थल र क्वारेन्टाइनबाट प्रदान गरिने सेवाबारे पूर्वाभ्यास गरिएको नेपाली सेनाले जनाएको छ।

बिरामी र चिकित्सकले अपनाउनुपर्ने सजगताका लगायतबारे जानकारी दिन अभ्यास गरिएको सेनाले स्पष्ट पारेको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending