Khabar Dabali १२ फाल्गुन २०८२ मंगलवार | 24th February, 2026 Tue
Investment bank

सिन्धुलीमा एक वृद्धलाई १०४ डिग्री ज्वरो, आइसोलेसनमा भर्ना

सिन्धुली । सिन्धुलीमा एक जनालाई १०४ डिग्रीमाथि ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलका अनुसार सिन्धुली अस्पतालमा उपचारका लागि आएका एक जना बिरामीलाई उच्च ज्वरो देखिएपछि आइसोलेशन वार्डमा राखेर उपचार सुरू गरिएको हो।

पोखरेलले भने, ‘एकाएक १०४ डिग्री भन्दा बढी तापक्रम देखिएपछि अस्पतालमा जँचाउन आएका एक ६८ वर्षीय स्थानीय बिरामीलाई आइसोलेसनमा राखेर उपचार सुरु गरेका छौं।’

पोखरेलका अनुसार उच्च ज्वरो देखिएका व्यक्ति पेन्सन लिन धरान पुगेर सिन्धुली फर्केका थिए। अहिले उनको परिचय गोप्य राखिएको छ।

उनलाई पहिला प्रेसर सुगर लगायतका केहि पनि रोग नभएपनि ल्याब टेस्टका क्रममा एकाएक उच्च ज्वरो सँगै निमोनियासमेत देखिएकाले अस्पतालका डाक्टरहरुले आइसोलेसन वार्डमा राखेका हुन्।

बिरामीको र्याल स्वाव परीक्षण पछि कोरोनाको संक्रमण भए नभएको एकीन गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ड डाक्टर लक्ष्मण खड्काले बताए। र्याल तथा स्वाव परीक्षण गर्न काठमाडौँ पठाइनेबारे छलफल भइरहेको उनले बताए।

पछिल्लो समय सामान्य ज्वरो रुघाखोकीका बिरामी अस्पतालमा नियमित आउने गरेका भएपनि उच्च ज्वरोसहितको विमारी सिन्धुली अस्पतामा पहिलो व्यक्ति फेला परेका हुन्। केहि दिन पहिला कोरोनाका सम्भावित बिरामी राख्ने भन्दै अस्पतालले ३ वटा आइसोलेसन बेड स्थापना गरेको थियो।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE