Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

अनुगमन र कारबाही सुरू भएपछि सबै पम्प खुले

काठमाडौं । कोरोनो भाइरसको त्रास देखाएर बजारमा व्यापारीको लापरबाही बढेपछि उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पको अनुगमन गरेका छन् । बुधबार बिहान मन्त्रीले पम्प अनुगमन गरेपछि दिउँसो पेट्रोल पम्पमा लाइन न्यून देखिएको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - उपत्यकाका सबै पम्पले पेट्रोलियम पदार्थ बिक्री गरेपछि उपभोक्ता लामो लाइन बस्नु परेन । बुधबार सामान्य लाइन भएको र लामो लाइन हटिसकेको नेपाल आयल निगमले जनाएको छ ।

बिहीबार पूर्ण रूपमै लाइन हट्ने निगमको दाबी छ । गएको आइतबारदेखि पम्पहरूमा पेट्रोल र डिजेल भर्नेको लामो लाइन देखिएको थियो तर बुधबार भने लाइन घटेको छ । सरकारले पम्पहरूलाई कारबाही गर्न थालेपछि बुधबार सबै पम्पले बिक्री गरेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मङ्गलबार राति मैतीदेवी पेट्रोल पम्म र सत्याल एन्ड किराना पसल टीकाभैरवलाई दुई लाख रुपियाँका दरले जरिवाना गरेपछि बुधबार पेट्रोलियम पदार्थको वितरण सहज देखिएको छ । भण्डारण गरेर कृत्रिम अभाव सिर्जना गरकाले उनीलाई कारबाही गरिएको थियो ।

बुधबार विभागले दुईवटा पम्प र छवटा ग्यास पसलमा अनुगमन गरेको छ । अनुगमनमा सामान्य अवस्था देखिएको विभागले जनाएको छ । विभागले कुनै पनि वस्तु भण्डारण गरी कृत्रिम अभाव सिर्जना गरेमा वा तोकिएको मूल्यभन्दा बढी लिएमा ११३६ नम्बरमा फोन गरेर जानकारी दिन उपभोक्तालाई अनुरोध गरेको छ ।

पम्पसँगै मन्त्री भट्टले ग्यास पसल तथा तरकारी बजारको अनुगमन गरेका थिए । सुरक्षाकर्मीबिना उपभोक्ताको शैलीमा बजार अनुगमन गरेका मन्त्रीले बजारमा ग्यास तथा पेट्रोल वितरणको अवस्थाबारे स्थलगत जानकारी लिनुभएको थियो । कालीमाटीको तरकारी बजारमा पनि उनले अनुगमन गरेका थिए ।

कडा कारबाहीको चेतावनी
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ । निगमले बुधबार सूचना जारी गरी बजारमा पेट्रोलियम पदार्थ सहज भएकाले हल्लाको पछि नलाग्न उपभोक्तालाई आग्रह गरेको छ ।

पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता भयभित बनाएर फाइदा उठाउने कार्यमा निगमका बिक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास बिक्रेताको संलग्नता पाइएमा निगमले कडा कारबाही गर्ने जनाएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy