Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

कोभिड–१९ : १७० देशका दुई लाख मानिस संक्रमित

काठमाडौँ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना (कोभिड–१९) बाट बुधबारसम्म १७० देशका दुई लाख ४ हजार हजार संक्रमित भएका छन् । कोरोनाका कारण अहिलेसम्म संसारभर आठ हजार दुई सय ५० जनाको मृत्यु भएको छ । कुल संक्रमितमध्ये ८३ हजार मानिस निको भएर घर फर्किएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - अधिकांश संक्रमित र मृत्यु हुने चीनका छन् । तर, पछिल्लो समय भाइरसको मुख्य केन्द्रविन्दु युरोप र अमेरिका बनेको छ । अमेरिकाका सम्पूर्ण राज्यमा कारोना देखिएको छ । त्यस्तै, विश्वभर औसत दैनिक ५ सयको मृत्यु भएको छ । त्यसमध्ये आधाभन्दा बढी संख्या इटालीको छ । इटालीमा मंगलबार थप ३४६ को मृत्यु भएको छ । पछिल्लो तीन दिनमा इटालीमा औसत दैनिक ३५० को मृत्यु हुने गरेको छ ।

८५ करोड विद्यार्थीको पढाइ प्रभावित

विश्वका कुल विद्यार्थीमध्ये झन्डै आधा विद्यार्थीको पढाइ कोरोनाबाट प्रभावित भएको राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)ले जनाएको छ । कोरोनाका कारण विश्वभरका ८५ करोड विद्यार्थी विद्यालय जानबाट वञ्चित भएको युनेस्कोले जनाएको हो । युनेस्कोले कोरोनलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ । युनेस्कोका अनुसार विश्वका १०२ मुलुकका विद्यालय पूर्ण रूपमा र ११ देशका विद्यालय आंशिक रूपमा प्रभावित छन् । आगामी केही दिनमा थप देशहरूले पनि विद्यालय बन्द गर्ने उसले जनाएको छ ।

श्रीलंकामा कर्फ्यु

कोरोनाको कारण दर्शाउँदै श्रीलंका प्रहरीले केही ठाउँमा कर्फ्यु घोषणा गरेको छ । देशको पुत्तालम जिल्लाको नेगोन्बो बन्दरगाहमा बुधबार दिउँसो साढे चार बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो । कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन कर्फ्यु आदेश जारी गरेको अधिकारीले जनाएका छन् । कर्फ्यु लगाएको क्षेत्रमा इटालीबाट फर्किएका बासिन्दा रहेको जनाइएको छ ।

मोदी र साउदी राजाबीच वार्ता

कोरोनाका विषयमा मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र साउदी राजा मोहम्मद बिन सलमानबीच टेलिफोन वार्ता भएको छ । वार्तामा कोरोना संक्रमण, नियन्त्रणका तथा बच्ने उपायबारे छलफल भएको थियो । कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले कोरोना संक्रमण नियन्त्रण र सामना गर्न संंयुक्त पहल एवं सहकार्य आवश्यक भएको बताएका थिए । कोरोना संक्रमणको महामारीले विश्वका लाखौँ मानिसलाई प्रभावित पारेको र अर्थतन्त्रमा समेत नराम्ररी असर परेको भन्दै दुवै नेताले चिन्ता व्यक्त व्यक्त गरेका थिए । यसअघि प्रधानमन्त्री मोदीले आफ्नै अग्रसरता सार्कस्तरीय भिडियो सम्मेलन आयोजना गरेका थिए । दुई नेताले जी–२० देशका बीचमा पनि यस्तै भिडियो सम्मेलन गराउन प्रस्ताव र प्रयास गर्ने सहमति पनि भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

चीनले विदेशीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने

चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ८ सय ४४ जना पुगेको छ जसमध्ये ३ हजार १९९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६६ हजार ९११ जना निको भएर घर फर्केका छन् । चीनले पछिल्लोपटक विदेशी यात्रुलाई नयाँ नियम घोषणा गरेको छ । जसअनुसार चीन प्रवेश गर्ने हरेक व्यक्ति दुई साता अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्नेछ । चीनमा कोरोना भाइरस नियन्त्रणउन्मुख छ । सोमबार कोरोनाबाट थप १४ को मृत्यु भएका छ भने ३६ नयाँ संक्रमित भेटिएका थिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy