काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट जोगिन जनप्रतिनिधि, कर्मचारीलगायत सकारी पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको छ। विश्वभर फैलिएको कोरोनाका कारण वैदेशिक भ्रमणमा सहभागिता जनाउनु जोखिमपूर्ण भएकाले सरकारले यस्तो निर्णय गरेको हो ।
आजको नागरिक दैनिकमा खबर छ - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना महामारी नियन्त्रणमा नआएसम्म विदेश भ्रमणमा नजान आइतबार जनप्रतिनिधि र कर्मचारीलाई निर्देश गरेको हो।
‘कोरोना नियन्त्रणमा व्यक्तिगत, सामूहिक र संस्थागत सजगता आवश्यक देखिएकाले यसका लागि नेपाल सरकारबाट ठूला जमघटका कार्यक्रम नराख्ने, वैदेशिक भ्रमणमा सजगता अपनाउनेलगायत विषयमा सबै सरकारी र जनप्रतिनिधिमूलक निकायलाई जानकारी गराइसकिएको छ,’ मन्त्रालयको परिपत्रमा उल्लेख छ, ‘यस सन्दर्भमा मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संघसंस्थाको निमन्त्रणामा हुने वैदेशिक भ्रमणमा सहभागिता जनाउन जोखिमपूर्ण देखिएकाले सम्पूर्ण जनप्रतिनिधि एवं कर्मचारीलाई कोभिड–१९ नियन्त्रणमा नआउँदासम्म विदेश भ्रमणका कार्यक्रम अघि नबढाउन अनुरोध छ।’
अब कोरोना महामारी नियनन्त्रणमा नआएसम्म नेपालका कुनै पनि तहबाट विदेशमा हुने भ्रमण रोकिनेछ।
विदेशबाट फर्किएकाको विवरण राख्न स्थानीय तहलाई निर्देशन
यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशबाट फर्किएका व्यक्तिहरुको विवरण र अवस्था दैनिक अद्यावधिक गरी मन्त्रालयमा पठाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको कार्ययोजना अनुसार मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र लेख्दै विदेश भ्रमणबाट फर्किएका नेपालीको दैनिक विवरण र अवस्था राख्न र त्यसको जानकारी गराउन भनेको हो।
‘प्रत्येक वडा कार्यालयमार्फत विदेशबाट फर्किएका व्यक्तिहरुको विवरण अद्यावधिक गरी आवश्यक रेखदेख तथा निगरानी गर्ने र सोको संख्यात्मक विवरण दैनिक रुपमा मन्त्रालय पठाउने,’ मन्त्रालयको परिपत्रमा उल्लेख छ। त्यसैगरी मानिसको जमघट हुने सार्वजनिक स्थल दैनिक रुपमा सरसफाइ गरी संक्रमणरहित बनाउनेलगायत उच्चस्तरीय समन्वय समितिको निर्णय कार्यान्वयन गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ।’
यसैबीच लोकसेवा आयोगले विभिन्न पदहरुका लागि लिइने अन्तर्वार्ता अनिश्चितकालका लागि स्थगित गरेको छ। चैत महिनामा सञ्चालन हुने भनिएका लिखित परिक्षाका सबै कार्यक्रम स्थगित गरेको केही दिनमै आइतबार बसेको आयोगको बैठकले अन्तर्वार्तासमेत अनिश्चितकालका लागि स्थगित गरेको हो।
आयोगकी प्रवक्ता गीताकुमारी होमगाईंका अनुसार चैत ११ गते सञ्चालन हुनेलगायत पूर्वनिर्धारित सबै अन्तर्वार्ताका कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिइन्।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: