Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

विदेशमा रहेका नेपालीको निगरानी गर्न दूतावासलाई निर्देशन

काठमाडौं । विदेशका नेपालीमा कोभिड-१९ संक्रमण देखिन थालेपछि सरकारले नेपाली दूतावासलाई उनीहरूको उपचारमा ध्यान दिन निर्देशन दिएको छ। त्यहाँको सरकारसँग समन्वय गरी तत्काल उचित उपचारको व्यवस्थापनमा लाग्न पनि दूतावासहरूलाई भनिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - अमेरिकामा दुई, पोर्चुगलमा तीन, बहराइनमा तीन र यूएईमा दुई नेपालीमा संक्रमण देखिएको छ। ‘राजदूतावासलाई सम्बन्धित सरकार, रोजगारदाता र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन, आवश्यक सबै सहयोग पुर्‍याउन र स्थितिको आकलन गर्न निर्देशन दिइएको छ’, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने।

सरकारले यसअघि आफ्ना नागरिकलाई सुरक्षित बनाउन र जानकारीमूलक सन्देश प्रवाह गर्न भनेको थियो।

पोर्चुगल हेर्ने फ्रान्सस्थित नेपाली दूतावास र अमेरिकाको वासिङटन डीसीस्थित नेपाली दूतावासलाई संक्रमितको उपचारमा समन्वय गर्न निर्देशन दिइएको परराष्ट्र अधिकारीले जानकारी दिए। नेपाली दूतावासले गैरआवासीय नेपाली संघका प्रतिनिधि र अन्य विभिन्न सञ्जालमार्फत पनि नेपालीको अवस्था बुझिरहेको छ। स्पेनस्थित नेपाली दूतावास, इटाली हेर्ने जेनेभास्थित नेपाली नियोगलाई सरकारले त्यहाँको नेपालीको अवस्थाबारे दैनिक जानकारी मागेको परराष्ट्र अधिकारीको भनाइ छ। बेलायतमा एक नेपालीको निधन कोभिड—१९ बाट भएरनभएको विषयमा पनि छलफल भइरहेको ती अधिकारीले बताए।

परराष्ट्रसचिव शंकरदास वैरागीले सबै दूतावाससँग मन्त्रालय नियमित सम्पर्कमा रहेको र त्यहाँका नेपालीको अवस्थाबारे जानकारी लिइरहेको बताए। ‘हामीले त्यहाँका आफ्ना नागरिकलाई कुनै प्रकारको कमजोरी हुन नपाओस् भनेर दूतावासलाई समन्वय गर्न भनेका छौं’, उनले भने, ‘दूतावासले पनि दैनिक आफ्ना सूचना यता पठाइरहेका छन्। दूतावासले गैरआवासीय नेपाली र त्यहाँको विदेशी समन्वय डेस्कसँग सहकार्य गरिरहेका छन्।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy