काठमाडौं । पैदल यात्रुको पातलो आवागमन रहेको तीनकुनेस्थित सडकपेटीमा दुर्गाबहादुर खड्का हरियो मकै पोल्दै थिए । कपडाको कालो मास्क लगाएर आगो फुकिरहेका खड्काको व्यापार तीन दिनयता राम्रो भएको छैन ।
आजको गोरखापत्र दैनिकमा खबर छ - कोरोना आयो भनेर सबै गएछन् कि रु व्यापार नै भएको छैनु, उनले दुःखेसो सुनाए, जे विपत्ति आए पनि हामी गरिखानेलाई नै दुःख रहेछ । यही दुःखको दिनचर्याबीच उनले कोरोनाको सङ्क्रमणबाट जोगिन उपाय अपनाइएको बताए ।
मास्क नलगाई हिँडडुल नगर्ने, दैनिक नुहाउने, तातोपानी खाने गरिएको उनले बताए । उनले कोरोना भाइरस (कोभिड–१९) बारे टीभीमा खबर सुनेर थाहा पाएको सुनाए । ७० वर्षका खड्कालाई छोराछोरीले युट्युब हेरेर पनि दिनदिनको खबर सुनाउने गरेको उनले बताए ।
ओखलढुङ्गाका कुलबहादुर कार्की काठमाडौँमा डेलिभरी भ्यान चलाउँछन् । सोमबार दिउँसो फ्रान्सबाट काठमाडौँ आएकी एक किशोरीमा कोभिड–१९ पोजिटिभ देखिएको खबर पनि उनले आफ्नै गाडीमा बसेर सुने । ुकोरोनाबारे सबै खबर सुन्ने र पढ्ने गरेको छु । सतर्कता अपनाएको छुु, उनले भने । आफ्नो डेलिभरी भ्यानमै उनले स्यानिटाइजर र हाते पन्जा बोकेर हिँडेका छन् । सम्भव भएसम्म पटकपटक साबुनपानीले हात धुने गरिएको र खानुअघि हातमा स्यानिटाइजर लगाउने गरिएको उनले बताए । घरमा पनि साबुनपानीले घरिघरि हात धुन परिवारका सदस्यलाई सचेत गराइएको उनको भनाइ छ ।
कोरोना भाइरसको प्रकोप नेपालमा फैलिए यस्तै दैनिक काम गरी खानेलाई सबैभन्दा बढी प्रभावित पार्ने विश्लेषण गरिएको छ । पूर्वरोकथामका लागि सरकारले अत्यावश्यक कामबाहेक घरबाहिर हिँडडुल नगर्न नागरिकलाई आग्रह गरेको छ । साथै सङ्क्रमणबाट बच्ने उपायबारे स्वास्थ्य सन्देश पनि विभिन्न माध्यमबाट दिइएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: