Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

नेपाल–भारतको सीमा बन्दले पनि आउजाउ रोकिएन

काठमाडौं । सरकारले सात दिनका लागि नेपाल–भारत सीमा नाका बन्द गर्ने घोषणा गरे पनि पूर्वी नाकामा नाकाबाट आउजाउ रोकिएको छैन ।

आजको कान्तिपुर दैनिकमा खबर छ - भारतबाट आउजाउ दिउँसो रोकिए पनि बिहान–बेलुका जारी थियो । सोमबार अघिल्ला दिनभन्दा बढी यात्रु आएको प्रहरीले जनाएको छ । दिउँसो मेची पुलमा र राति इलाका प्रहरी कार्यालय काँकडभिट्टा परिसरमा यात्रुको भीड थियो ।

बिहान ११ बजेपछि नाकाबन्द गर्ने निर्देशन अनुसार स्थानीय सरकार र प्रहरीले बिहान १ हजार ७ सय ४२ जना यात्रीलाई भारत जाने अनुमति दियो । भारतबाट ३ सय १५ जना नेपाल प्रवेश गरे ।

१० बजेपछि भने नाका केही समय चकमन्न बन्यो । मालवहाक गाडीलाई मात्रै प्रवेश दिइएको थियो । यही क्रममा भारत पश्चिम वंगालको पानीट्यांकी नाकामा तैनाथ सुरक्षाकर्मीले करिब ५ सय हाराहारी नेपालीको शरीरको तापक्रम जाँचेर पठायो । नेपालतर्फ सुरक्षाकर्मीले नाकावन्दीको कारण देखाउँदै उनीहरुलाई प्रवेश गर्न दिएनन् । करिब ५ घन्टा उनीहरु मेची पुलमै अलपत्र परे । अलपत्रहरुमा बालवालिका र वृद्धवृद्धा उल्लेख्य थिए ।

प्रवेश गर्न नदिएको विरोधमा नेपाली यात्रीहरुले पुलमै नाराबाजी गरेका थिए । प्रहरीले उनीहरुको गुनासो जिल्ला प्रशासन कार्यालयमा पुर्‍याएपछि प्रमुख जिल्ला अधिकारीले केन्द्रमा पत्राचारसम्म गरे । कुनै ठोस निर्णय भने आएन । प्रमुख जिल्ला अधिकारी उदयवहादुर रानाले भने, ‘उनीहरुलाई नेपाल ल्याउन पहलसम्म गरेको थिएँ ।’

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सीमा नाकाको निरीक्षणमा आएका थिए । दुबैतर्फको अलपत्र यात्रीलाई आउजाउ गर्न दिने सहमति केन्द्रले दिएको उनले जनाए । ‘तपाईहरुको समस्यालाई मध्यनजर गरेर प्रवेश अनुमति दिएका छौ’ उनले भने, ‘कम्तीमा ७ दिन सेल्फ क्वारेन्टाइनमा बस्दिनु होला ।’ यसपछि वागडोग्रा, सिलिगुडी जस्ता सहर फर्किएका केही यात्रीहरु पुनः आएका थिए ।

अधिकांश भारतीय सहर मुम्वई, दिल्ली, केरला, चेन्नई र कोलकातावाट घर फर्किएका थिए । धेरैजसा श्रमिक र कपिपय विद्यार्थी थिए । बंगलादेशवाट आएका विद्यार्थी पनि थिए । प्रहरीका अनुसार सोमवार साँझ २ हजार भन्दा वढी नेपाली भारतवाट आए । १ हजार ५ सय हाराहारीमा भारततिर गएका थिए

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy