Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

अत्याआवश्यकीय उपभोग्य वस्तुको आपूर्ति र बिक्रीवितरण नरोक्ने

काठमाडौं । सरकारले मङ्गलबार बिहानैदेखि लागू गरेको ‘लकडाउन’मा खाद्यान्न, औषधि तथा इन्धनलगायतका अति आवश्यकीय वस्तुको आपूर्ति र विक्री वितरण नरोक्ने भने पनि भ्रमका कारण थोरै पसल मात्र खुले । मङ्गलबार समस्या भए पनि बुधबारदेखि यस्तो समस्या नरहने सम्बद्ध निकायले जानकारी दिएका छन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अति आवश्यकीय उपभोग्य वस्तु, इन्धन र औषधि नरोक्ने विषयमा गृह मन्त्रालयसँग छलफल भइसकेकाले अब नरोकिने जानकारी गराएको छ । सरकारले विश्वमै महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट बच्न र बचाउनका लागि अति आवश्यकीय वस्तुको आपूर्ति नरोकिएको र खरिद बिक्रीको पनि उचित व्यवस्था गरिएकाले अनावश्यक रूपमा घरबाहिर ननिस्किन आग्रहसमेत गरेको छ ।

सरकारले आम उपभोक्तालाई आवश्यकता र माग ध्यानमा राखेर ठाउँ–ठाउँमा सहुलियत मूल्य पसल पनि सञ्चालन गरिरहेको छ । सरकार मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रूपमा उपत्यकाका विभिन्न पाँच ठाउँमा सुपथ मूल्य पसल गरेका छन् । ती पसल निर्वाध रूपमा सञ्चालन हुने जनाइएको छ । ती पसल पहुँच नहुने उपभोक्तालाई लक्षित गरी तीनवटा मोबाइल भ्यानमार्फत उपत्यकाका विभिन्न ठाउँमा खाद्यान्न वितरणको प्रबन्ध मिलाएको आपूर्ति मन्त्रालयले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले सुपथ मूल्य पसल निरन्तर चल्ने र नरोकिने स्पष्ट पारे । उनले ‘लकडाउन’ सुरु भएको पहिलो दिन गृह मन्त्रालयअन्तर्गत ठाउँठाउँमा खटिएका सुरक्षाकर्मीबाट खाद्यान्न पसल बन्द गराउने काम भए पनि बुधबारदेखि त्यस्तो गतिविधि नदोहोरिने बताए ।

खाद्यान्न, औषधि र इन्धनजस्ता अति आवश्यकीय वस्तु भएकाले यसको आपूर्ति र बिक्री वितरण नरोक्न भनिसकेकाले ती पसल दिनभरि नखुले पनि दैनिक बिहान वा बेलुका एक÷दुई घण्टा खोल्ने व्यवस्था हुने उनको भनाइ छ । महाप्रबन्धक सुवेदीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रबन्धकसमेत रहनुभएकाले खाद्य कम्पनीसँग पर्याप्त चामल मौज्दात रहेकाले खान पाइँदैन कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए ।

यस्तै साल्ट टे«डिङ कर्पोरेसनका प्रवक्ता ब्रजेश झाले उपभोक्ताको आवश्यकता र मागलाई ध्यानमा राखेर आफ्ना सबै बिक्री केन्द्र खुला राखेको जानकारी दिए । चिनी, नुन, एसटीसी ग्यास, चामल, दाललगायतका सामान बिक्री गर्दै आएको कर्पोरेसनले अहिलेका सङ्कटलाई ध्यानमा राखेर केन्द्रीय कार्यालय कालीमाटीसहित उपत्यकामा विभिन्न पाँच ठाउँमा सुपथ पसल र आफ्ना तीनवटा मोबाइल भ्यानमार्फत सामान बिक्रीको प्रबन्ध मिलाएको पनि उनले जानकारी दिए ।

झाले भने, ‘हामीसँग नुन १० महिना, चिनी छ महिना र ग्यास र अन्य सामान छ, यी सामान बिक्रीका लागि हाम्रा कर्मचारी ‘स्ट्यानबाइ’ हुनुहुन्छ तर उपभोक्तालाई बिक्री केन्द्रसम्म आउने वातावरण मिलाउनु पर्यो, मङ्गलबार उपभोक्ताको आवागमन शून्य नै भयो, यो अवस्थाले हामीले पसल खोल्नुको औचित्य रहँदैन ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy