काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणबाट सतर्कता अपनाउन सरकारले मंगलबारदेखि एक हप्तासम्म घरबाहिर ननिस्कन निर्देशन दिएसँगै इन्टरनेटको खपत ह्वात्तै बढेको छ । तत्काल एक हप्तासम्म घरमै बस्न सरकारले गरेको आग्रहको पहिलो दिनमै इन्टरनेटको खपत सामान्य दिनको तुलनामा करिब दोब्बरले बढेको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - दूरसञ्चार तथा निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायकको सेवा करिब देशैभर विस्तार भइसकेको र घरबाहिर जान नपाउने अवस्थामा इन्टरनेट प्रयोग गतिलो विकल्प बन्दा यसको खपत बढेको पाइएको छ । यसबाहेक कोरोना भाइरससँग सम्बन्धित सूचना तथा जानकारीका लागि अनलाइन सजिलो माध्यम भएकाले अन्य दिनमा भन्दा इन्टनरेटको खपत तुलनात्मक रूपमा बढिरहेको छ ।
घरभित्र रहँदाको फुर्सदिलो समयमा खासगरी भिडियो सामग्रीको उपयोग बढ्दा इन्टरनेट खपत बढिरहेको इन्टरनेट सर्भिस प्रोभाइडर्स एसोसिएसन अफ नेपाल ९आइस्पान० का अध्यक्ष भोजराज भट्टले बताए । ‘गेमिङ, भिडियो डाउनलोड तथा एकै परिवारमा धेरैले एकैपटक युट्युब प्रयोग गर्दा इन्टरनेटको ट्राफिक एकदमै बढिरहेको छ, उनले भने ।
विगत केही दिनयता नै नेपालमा इन्टरनेटमा चाप बढिरहेको छ । नियमित किसिमको चहलपहल घट्दै जाँदा इन्टरनेटको खपत भने त्यसै अनुसार बढ्दै गएको आइस्पानले जनाएको छ । इन्टरनेटको खपतमा पछिल्ला दिन नियमित वृद्धि भए पनि मङ्गलबार अन्य दिनभन्दा दोब्बर बढी भएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । उनका अनुसार मङ्गलबार दिउँसोको इन्टरनेट खपतको प्रवृत्ति हेर्दा अन्य दिनको अधिक खपत हुने समय ९पिक आवर० भन्दा दोब्बर बढी पाइएको छ ।
नेपालमा सामान्यतः बेलुका ७ बजेदेखि राति १० बजेसम्मको समयलाई इन्टरनेटको पिक आवर मानिन्छ तर मङ्गलबार दिउँसो १२/१ बजेतिर नै पिक आवरभन्दा बढी इन्टरनेट ब्यान्डविथ खपत भएको भायनेट कम्युनिकेसनका प्रबन्ध निर्देशक विनय बोहराले जानकारी दिए । इन्टरनेटको वास्तविक खपतको अवस्था बुझ्न मङ्गलबार चौबीसै घन्टाकै विश्लेषण गर्नुपर्ने भए पनि अन्य दिनमा भन्दा ब्यान्डविथ स्पष्ट रूपमा बढेको पाइएको उनले बताए ।
इन्टरनेटको प्रयोग अत्यधिक बढ्दै गएपछि आइस्पानले सार्वजनिक सूचना नै जारी गरेर मनोरञ्जनात्मकभन्दा पनि सूचनामूलक सेवाका लागि प्रयोग गर्न आग्रह गरेको छ । ब्यान्डविथ खपत बढ्दा सेवा प्रदायकको नेटवर्कमा अत्यधिक भार बढेकोले अधिक इन्टरनेट खपत हुने सेवा प्रयोग नगर्न आइस्पानले अनुरोध गरेको छ । त्यस्तै सेवा प्रदायकले जडान गरेका उपकरण यथास्थानमै राखेर प्रयोग गर्न अन्यथा उपकरणको सेटिङ बिग्रने अवस्था आउन सक्नेतर्फ पनि आइस्पानले सचेत गराएको छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: