काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि बिमा समितिले जीवन बिमा प्रिमियम तिर्न पनि सहुलियत दिएको छ । समितिले बिमा कम्पनीहरूलाई निर्देशन जारी गर्दै जीवन बिमा कम्पनीका बिमितले अहिलेको अवस्था सामान्य भएको १५ दिनभित्र बिमा प्रिमियम तिर्न सक्ने व्यवस्था गरेको हो । यसरी ढिला प्रिमियम बुझाउदा बिमालेख व्यतित नहुने र व्याज तथा जरिवाना समेत नलाग्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।
आजको कारोबार दैनिकमा खबर छ - यसैगरी निर्जिवन बिमा कम्पनीहरूले बिमालेखको अवधि समाप्त हुनुअघि नै पर्याप्त सूचना उपलब्ध गराउन तथा नवीकरण गर्दा जुनसुकै माध्यमबाट बिमाशुल्क संकलन गर्न सकिने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले लक डाउन गरेपछि सुरक्षाको उपाय अपनाउदै बिमितहरूलाई सेवा दिन निर्देशन दिइएको समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए । “स्वास्थ्य जोखिम नहुनेगरी सेवा सञ्चालन गर्न निर्देशन दिएका छौं,” उनले भने, “सकेसम्म अनलाइनमार्फत सेवा प्रदान गर्न भनेका छौं ।”
लकडाउनपछि कम्पनीहरूको कार्यालय बन्द भएपनि सेवा भने जारी रहेको छ । कम्पनीहरूले सूचना जारी गर्दै कम्पनीको सेवा लिनका लागि निश्चित व्यक्ति तोकेको जानकारी दिएका छन् । अधिकांश निर्जीवन बिमा कम्पनीहरूले सूचनामा ४९५ जना सम्पर्क अधिकृत तोकेका छन् । उनीहरूलाई घरैबाट अनलाईमार्फत ग्राहकलाई अत्यावश्यक सेवा प्रदान गर्न निर्देशन दिइएको कम्पनीहरूले जनाएका छन् ।
निर्जीवन बिमा कम्पनीहरूले सम्पर्क अधिकृत तोकेर सेवा जारी राखेपनि जीवन बिमा कम्पनीहरूले भने सेवा बन्द गरेका छन् । जीवन बिमा कम्पनीहरूले अवस्था सामान्य नभएसम्म कार्यालय बन्द रहने जनाएका छन् । समितिले जीवन बिमा कम्पनीको बिमा शुल्क उठाउनका लागि अवस्था सामान्य भएपछि १५ दिनको समयसीमा दिन भनेको छ । यसैगरी यस अवधिमा कुनै शुल्क नलिनसमेत कम्पनीहरूलाई निर्देशन दिएको छ ।
हाल बजारमा एक पुनर्बिमा कम्पनीसहित ४० वटा कम्पनीहरूले बिमा सेवा प्रदान गरिरहेका छन् । त्यसमध्ये जीवन बिमा सेवा दिने कम्पनीहरू २० र निर्जीवन बिमा सेवा संचालन गर्ने कम्पनीको संख्या १९ रहेको छ । सरकारको तथ्यांकअनुसार २५ प्रतिशत नेपालीहरू बिमाको पहुँचमा पुगेका छन् । पछिल्लो समय भूकम्पलायतका जोखिका कारण सर्वसाधारणको बिमाप्रति चासो र आकर्षण बढिरहेका कम्पनीका सञ्चालकहरूको दावी छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: