Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

‘लकडाउन’मा तनावबाट मुक्त रहन यस्ता उपाय अपनाउनुहोस्

काठमाडौं । विश्‍वभर कोरोना भाइरसको महामारी फैलिएपछि अहिले नेपालमा लकडाउन लागू गरेको छ। नेपालमा सरकाले चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्मलाई लकडाउन गरेको हो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - यतिबेला मुलुकभरका स्कुल, कलेज र संघ संस्था बन्द छन्। लामो समय घरमै बस्नुपर्ने भएपछि धैरैजसोलाई मानसिक तनावले सताउन थालेको छ।कतिपय मानिस घरमै बस्नुपर्दाको पीडा सामाजिक संजालमा पोख्न थालेका छन्। कोही कस्तो समय आइलागेको भन्दै आफन्तसँग त्रास बाँडिरहेका छन्। यतिबेला सबैमा एकै किसिमको भय सृजना भएको छ कसरी बाँच्ने।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर ३ लाख ८२ हजार १२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १६ हजार ५६८ को जनाको मृत्यु भइसकेको छ।

नेपालमा हालसम्म दुईजनामा कोरोना संक्रमण देखिएको छ। एकजनाको उपचारपछि संचो भएको अवस्था छ। छिमेकी राष्ट्र भारतमा पनि कोरोना संक्रमित देखिएका छन्। कोरोना भारसबाट पीडित हुनेको संख्या ५ सय बढी पुगेको छ भने मृत्यु हुनेको संख्या १० पुगेको छ।

कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भारत सरकारले चैत्र ९ गते १४ घन्टा जनता कर्फ्यू लगाएको थियो । मंगलबारबाट फेरी कर्फ्यू लगाएको छ।

यस्तो बेलामा देशका हरेक नागरिकले आफ्नो स्वास्थ्यको ख्याल गर्नु जरुरी हुन्छ। आफूलाई स्वस्थ राख्न नियमित सरसफाईदेखि खानपानशैलीमा विशेष ध्यान दिनु जरुरी हुन्छ। तल केही टिप्स दिइएका छन्। यसले पनि तपाईको स्वास्थ ठीक राख्न केही मद्त गर्नेछ।

संगीत, पढाइ नियमित बनाउने स् यदि तपाईं यतिबेला घरमा एक्लै हुनुहुन्छ भने पक्कै पनि आफूलाई एक्लो महशुस गरिरहनु भएको होला। यस्तो बेलामा तपाईले संगीत सुन्ने र किताब पढ्ने गर्नु भयो भने भने पक्कै पनि राहत मिल्नेछ । आफूलाई मनपर्ने कुनै पेन्टिङ पनि गर्नसक्नु हुन्छ।

नियमित शारीरिक व्यायाम गर्नुहोस्ः बिहान सबैरै उठ्नुहोस्। ताजा हावामा स्वतन्त्र रूपमा सास फेर्नुहोस। तपाईंको दिमाग सही दिशामा चल्नेछ । व्यायामले तनावलाई कम गर्दछ। घरको कम्पाउन्ड फराकिलो छ भने २०र२५ मिनेट जति हिड्ने गर्नुहोस्।

सन्तुलित खाना खानुहोस्ः भनिन्छ खानाको प्रकारले व्यक्तिको आनीबानी देखाउँछ। त्यसैले पौष्टिक खाना खानुहोस्। पानी र झोलिलो पर्दाथ प्रशस्त मात्रामा पिउनुहोस्। मन तातो पानीबाट दैनिकी सुरुवात गर्नुहोस्। बेलुकाको खानामा रोटी, साग,दूध खानुहोस्। राती सुत्दा मनतातो दूध वा मन पानी पिएर सुत्नुहोस्।

अनिदो नबस्नेः जो निद्रामा सम्झौता गर्दछ उसको स्वास्थ्यमा गम्भीर असर पुग्छ। निन्द्रा अभावका कारण कतिपय मानिस विभिन्न शारीरिक तथा मानसिक रोगबाट ग्रसित छन्। यदि तपाईं राम्ररी सुत्नु हुन्छ भने त्यसले शरीरमा बेग्लै उर्जा दिन्छ। साथै, काम पनि ठीकसँग गर्न सकिन्छ।

परिवारसँग रमाउनुहोस्ः सधैं काममा व्यस्त भएकाहरुलाई यतिबेला एउटा संयोग जुरेको छ परिवारसँग बस्ने। यो अवसर हामीले चाहेर पनि कहिल्यै पाउँदैनौ। त्यसैले यतिबेला बाबु आमा छोराछोरी सबै सँगै मिलेर खाना पकाउने, सरसल्लाह गर्ने गर्नुपर्छ।यसो गर्दा आत्मियता बढ्नुको साथै तना पनि कम हुन्छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending