काठमाडौं । शान्तिसुरक्षासम्बन्धी सूचना संकलन गर्न खटिएका सादा पोसाकका ९घुमुवा० प्रहरी असुली र आपराधिक गतिविधिमा संलग्न हुने गरेको गुनासो आएपछि केही दिनअघि ७४ जनाभन्दा बढी प्रहरी जिम्मेवारीबाट हटाइए । महानगरीय प्रहरी कार्यालयले यसरी हटाइएका सबैलाई महाराजगञ्जस्थित २ नम्बर गणमा हाजिर गराउने निर्णय गर्यो । तीमध्ये केही प्रहरी राजनीतिक शक्तिको आडमा जिम्मेवारीबाट हटेनन् भने कोही बिरामीको बहाना बनाई गणमा नपुगी फिर्ता भए ।
आजको गोरखापत्र दैनिकमा खबर छ - राजनीतिक शक्तिको आडमा नहटेका मध्ये महानगरीय प्रहरी वृत्त दरबारमार्गका घुमुवा प्रहरी जाजरकोट शिवालयका २७ वर्षीय वीरबहादुर बस्नेत पनि एक हुन् । जवान बस्नेत एकजना पूर्व गृहमन्त्रीका आफन्त हुन् ।
महानगरीय प्रहरी दरमार्गमा घुमुवाको रूपमा काम गरेका प्रहरी सहायक निरीक्षक ९असई० सुरेन्द्र बसेल, जवान बस्नेतसहित तीन प्रहरी र एकजना सञ्चारकर्मी मकवानपुरको पालुङमा लुटपाटको अभियोगमा आइतबार पक्राउ परेका छन् ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले सोमबार सार्वजनिक गरेको छ । उनीहरूको साथबाट एक थान पेस्तोल, सोका गोली, लुटिएको हीरा, सञ्चारसेट, डिटेक्टर हाते मेसिन र मोबाइल बरामद गरिएको छ ।
महानगरीय प्रहरीले कोरोना भाइरसविरुद्ध उपत्यकामा सरसफाइ सचेतना अन्तर्गत साबुन पानीले हात धुने अभियान सञ्चालन गरिरहेको मौका छोपी असई बसेल, जवानद्वय बस्नेत, हिमकान्त पुन मगर र सञ्चारकर्मी बताउने सुजन आचार्य हीरा लुट्न मकवानपुर पुगेका थिए ।
महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले ‘डिउटी’ छोडेरे हीरा लुट्ने कार्यमा संलग्नलाई प्रहरी सेवाबाट निलम्बन गरिएको जानकारी दिए । एकजना वृद्ध महिलासँग रहेका हीरा लुटेर भाग्दै गरेको अवस्थामा उनीहरूलाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको थियो ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: