Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

सबै सुरक्षा अंग ‘हाई अलर्ट’मा

काठमाडौं । कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् ।सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ ।

आजको राजधानी दैनिकमा खबर छ - प्रहरी प्रधान कार्यालयले आफ्नो नियमित क्रियाकलापमा खटिनेबाहेकका १३ हजार रिजर्भ फोर्सलाई कोरोना संक्रमणको नियन्त्रणका लागि हाई अलर्टमा राखेको छ।

यसैगरी, नेपाली सेनाले आफ्नो जनशक्तिलाई तयारी बनाएर क्वारेन्टाइनसहित कोरोना नियन्त्रणका लागि तयारी अवस्थामा राखेको छ भने सशस्त्र प्रहरीले देशभर आफ्ना युनिटलाई तयार रहन निर्देशन दिएको छ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले नियमित काममा खटिनेबाहेकका १३ हजार जनशक्ति कोरोनाको जोखिम नियन्त्रणका लागि तयारी अवस्थामा राखिएको र आवश्यक परे तत्काल तैनाथ गरिने बताए।

हामीसँग १३ हजार रिजर्भ फोर्स तयारी अवस्थामा छन्, कोरोनाको जोखिम नियन्त्रणका लागि आवश्यक परे तत्काल खटाउने तयारी छ,’ प्रहरी प्रवक्ता क्षेत्रीले भने। कोरोनाको संक्रमण फैलिएको अवस्थामा रिजर्भ फोर्सलाई तत्काल परिचालन गर्नेगरी हाई अलर्टमा राखिएको उनले जनाए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy