Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

प्रदेशलाई पिपिई सेट तथा मास्क पठाइयो

काठमाडौं । केन्द्र सरकारले ६ वटा प्रदेशमा ५० सेटको दरले स्वास्थ्य सुरक्षा सामग्री ९पिपिई० तथा ३० हजारको दरले मास्क पठाएको छ। स्वास्थ्य सेवा विभागका अनुसार गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा सोमबार पिपिई सेट तथा मास्क पठाइएको हो। गण्डकी प्रदेशमा पनि ५० वटा पिपिई सेट र ३० हजार मास्क पठाउने तयारी भएको विभागले जनाएको छ।

आजको नागरिक दैनिकमा खबर छ - पिपिई सेट कोरोना भाइरस संक्रमण भएनभएको परीक्षण तथा घाँटीको ¥याल संकलन गर्ने क्रममा स्वास्थ्यकर्मीले लगाउनुपर्छ। पिपिईभित्र स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चस्मा, मास्क, पन्जा, बुटलगायतका सामग्री पर्छन्। कोराना भाइरस संक्रमणका बिरामीको उपचार तथा रेखदेखमा संलग्न डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीले पनि पिपिई प्रयोग गर्नुपर्छ।

प्रदेश सरकारले भने केन्द्र सरकारले पठाएको पिपिई पर्याप्त नभएको गुनासो गरेका छन्। प्रदेश २ सरकारका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले केन्द्र सरकारले पठाएको पिपिई पर्याप्त नभएको बताउदै थप पठाउन माग गरेको बताए।

केन्द्र सरकारले स्थानीय तहलाई सोझै पिपिई सेट पठाउने गरेको छैन। स्थानीय तहले सम्बन्धित प्रदेश सरकारसँग माग गर्नुपर्ने केन्द्र सरकारको भनाइ छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले स्थानीय तहले प्रदेश सरकारबाट मास्क तथा पिपिई लिनुपर्ने बताए। प्रदेशहरूबाट मास्क तथा पिपिई अभाव भएको गुनासो आएको देवकाटोले स्वीकार गरे। ‘पिपिई अभाव भयो भन्ने गुनासो सबै प्रदेशबाट आइरहेको छ। हामी क्रमशः पठाउँदैछौं।’

स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार केन्द्र सरकारसँग भएको पिपिई सकिन लागेको छ। दुई महिना यता एक हजार २ सयभन्दा बढी पिपिई सेट प्रयोगमा आइसकेको छ। स्वास्थ्य मन्त्रालयले ३३ हजार पिपिई सेट खरिदका लागि बोलपत्र आह्वान गरेको प्रवक्ता देवकोटाले बताए। स्वास्थ्य सेवा विभागले २८ हजार पिपिई सेट खरिदका लागि २८ करोड रुपैयाँ छुट्याएको छ।

हाल देशभर विभिन्न विभाग, सरकारी अस्पताल, स्वास्थ्य चौकी तथा सरकारको मातहतमा करिब २८ हजार स्वास्थ्यकर्मी कार्यरत छन् अ ती सबै स्वास्थ्यकर्मी हाल परिचालनमा रहेको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरिले जानकारी गराए। उनका अनुसार सरकारी निकायबाहेक निजी क्षेत्रमा कार्यतर स्वास्थ्यकर्मीसमेत जोड्दा देशभर करिब ७५ हजार स्वास्थ्यकर्मी परिचालित छन्। ‘सरकारले खटाएको ठाउँमा अहोरात्र खट्न हामी तयार छौं तर हामीलाई पिपिई सेट पर्याप्त उपलब्ध हुनुपर्छ’, स्वास्थ्यकर्मी संघका अध्यक्ष घिमिरले भने। पिपिई सेटअभावमा स्वास्थ्यकर्मी जोखिममा रहेको उनले गुनासो गरे।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending