पर्सा । लकडाउनको अवज्ञा गर्दै कन्टेनरमा लुकीछिपी आउँदै गरेका ५२ जनालाई गएराति वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएको छ । चितवनको भरतपुरबाट एक महिला र एक बालकसहित ५२ जनालाई बोकी आउँदै गएको ना५ख ९५५२ नंको कन्टेनरलाई राति १२ः३० बजे वीरगञ्जको घण्टाघर चोकबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौँ, भरतपुर, हेटौँडा लगायतका स्थानमा रही काम गर्दै आएका बारा पर्सा जिल्लाका बासिन्दालाई ४० फिटे कन्टेनरभित्र लुकाइछिपाइ ल्याउँदै गएको अवस्थामा वीरगञ्जको घण्टाघरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले प्रहरी नियन्त्रणमा रहेका व्यक्ति तथा कन्टेनरलाई जिल्ला सुरक्षा समन्वय समितिको आज बस्ने बैठकको निर्देशनमा अगाडिको कारवाही बढाइने जानकारी दिए ।
नेपाल सरकारले लागू गरेको लकडाउनको अवज्ञान गर्नेलाई स्थानीय प्रशासनले कारवाही गर्न थालेपछि वीरगञ्जमा अनुमतिबिना सडकमा घुमफिर गर्नेको सङ्ख्या घटेको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिनबाट रोक्न सरकारले चैत १८ गतेसम्मका लागि घोषणा गरेको लकडाउनको पहिलो दिन वीरगञ्जमा १५० जनाभन्दा बढीलाई प्रहरीले कारवाही गरेपछि आज बिहानदेखि यहाँका सडक सुनसान देखिएका छन् । औषधिलगायतका अति आवश्यक वस्तुको उत्पादन गर्ने उद्योगमा काम गर्ने कर्मचारी, चिकित्सक तथा महानगरपालिकाका सरसफाइ कर्मचारी मात्र सडकमा आवतजावत गरेको देखिन्छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: