जेनेभा । विश्व स्वास्थ्य संगठनले संयुक्तराज्य अमेरिका विश्वकै लागि कोरोनाभाइरसको नयाँ मुख्य केन्द्र (इपिसेन्टर) हुन सक्ने मंगलबार चेतावनी दिएको छ । यो चेतावनी जारी हुनासाथ विश्वकै दोस्रो ठूलो जनसंख्या भएको भारतमा तीन साता लामो लकडाउन घोषणा गरिएको छ ।
भारत समेतका बेलायत र अरु कैयौं मुलुकले भाइरसको प्रसार रोक्न भन्दै मानिसको आवतजावत र हिँडडुलमा कडाई गरेका छन् । मार्च महिनाको शुरुदेखि नै जापानदेखि संयुक्तराज्य अमेरिकासम्मको व्यापार व्यवसाय लगभग ठप्प छ ।
कतिपय मुलुकमा कफ्र्यु लगाइएको छ भने केही मुलुकमा सशस्त्र प्रहरी र सेना नै परिचालन गरिएको छ ।
इटालीको मिलानस्थित युनिक्रेडिट बैंकका प्रमुख अर्थशास्त्री एडोआर्डो क्याम्पानेल्लाले विश्वमै डरलाग्दो ठानिएको प्राणघातक कोरोनाभाइरसका कारण विश्वव्यापी आर्थिक मन्दी निम्त्याउने खतरा बढाएको बताए। उनले अत्यावश्यक सेवा बाहेक सबै किसिमका व्यवसाय ठप्पप्रायः भएका छन् भने आपूर्ति शृंखला टुटेको छ भन्नुभयो ।
अमेरिकी शेयर बजारमा मंगलबार केही सुधार आएको छ । खासगरी अमेरिकी सिनेटले २ खर्ब अमेरिकी डलरको आर्थिक राहत प्याकेजमा सहमति जनाउने आशामा लगानीकर्ताहरु रहेका छन् ।
कोरोनाभाइरसबाट मंगलबारसम्ममा विश्वका १९४ मुलुकका तीन लाख ७७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । करिब १६ हजार ५०० भन्दा बढीको ज्यान गइसकेको छ ।
जेनेभामा विश्व स्वास्थ्य संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले संयुक्तराज्य अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेको बताए । विगत २४ घण्टाको अवधिमा नयाँ भेटिएका संक्रमित व्यक्तिहरुमा ८५ प्रतिशत युरोप र संयुक्तराज्य अमेरिकाका रहेका छन् । तीमध्ये पनि ४० प्रतिशतजति अमेरिकाकै छन् ।
के संयुक्तराज्य अमेरिका दोस्रो इपिसेन्टर होला त भनी सोधिएको प्रश्नमा ह्यारिसले भने, “अमेरिकामा कोरोना संक्रमितको संख्याको वृद्धिदर बढी देखिएको छ । त्यसैले अमेरिका इपिसेन्टर हुने खतरा बढेको छ ।”
अमेरिकामा केही राज्य तथा स्थानीय अधिकारीहरुले संघीय पदाधिकारीसँग पर्याप्त सहकार्य नभएको भन्दै गुनासो गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाइरस नियन्त्रणमा कठिनाई रहेको स्वीकार्नु भएको छ । मास्क र भेन्टिलेटरको माग तिब्र रुपमा बढेको छ, हामीले अमेरिकी राज्यहरुलाई त्यस्ता स्वास्थ्य उपकरण तत्काल उपलब्ध गराउनेतर्फ काम गरिरहेका छौं, तर यो त्यति सहज छैन, ट्रम्पले भने।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: