काठमाडौं । नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो । तर, एक परिवारलाई महिनामा एउटा भरी सिलिन्डर आवश्यक पर्ने भएकाले दुईवटा आधा सिलिन्डर लिएर महिनाको १४.२ किलोग्राम ग्यास पुर्याउने निगमले जनाएको छ ।
आजको गोरखापत्र दैनिकमा खबर छ - कोरोना भाइरसको त्रासले एलपी ग्यासको अभाव हुन सक्ने आशङ्कामा उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राखेपछि वितरण प्रणालीलाई सहज बनाउन आधा सिलिन्डर वितरण गरिने भएको हो । घरमा एउटा सिलिन्डर प्रयोग हुने हो तर अधिकाशंले आठ÷दसवटा राखेको भन्दै वितरण प्रणाली प्रभावित हुने भएकाले केही समयका लागि आधा सिलिन्डर वितरण गरिने निगमले जनाएको छ ।
हाल ३० लाख सिलिन्डर बजारमा छन् । ती सिलिन्डर मौज्दात राखिएकाले तत्काल बजारमा फर्किन नसक्ने अवस्था भएपछि मौज्दात सिलिन्डर बजारमा ल्याउनका लागि आधा पठाउन लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडले जानकारी दिए ।
पौडेलले भने, ‘तत्कालका लागि आधा सिलिन्डर भर्न लगाउने हो, दैनिक एक लाख सिलिन्डर बजारमा जान्छन, ३० लाख सिलिन्डर बजारमा छन, उपभोक्तासँग रहेका सिलिन्डर बाहिर तत्काल आउने अवस्था छैन त्यसैले वितरण प्रणालीलाई एकपटक व्यवस्थित गर्न खोजेको हो, यसबाट ग्यास नपाउने सर्वसाधारणका लागि पनि सहज हुन्छ तर ग्यास नपाएर आधा सिलिन्डर भर्न लगाएको होइन ग्यास छ पाइन्छ ।’
नेपालमा ६० लाख घरधुरी छन् जसमध्ये २० प्रतिशतले ग्यासको प्रयोग गर्दछन् । निगमको दाबी अनुसार नेपालमा १५ लाख धरधुरी ग्यास प्रयोग गर्दछन् । एक महिनामा मात्रै १५ लाख उपभोक्तालाई २४ लाख सिलिन्डर वितरण गरिएको पौडलेको भनाइ छ । भरिएको सिलिन्डर उपभोक्ताकोमा पठाएपछि खाली भएर आउन समय लाग्ने देखिएकाले हाललाई आधा सिलिन्डर पठाउन लागिएको हो । लामो समय सिलिन्डर उपभोक्ताकोमै रहँदा वितरण प्रणालीमा असर गर्ने भएकाले यसो गरिएको पौडेलको भनाइ छ । ग्यास सिलिन्डरको नियमित वितरण साइकल अनुसार ३७ हजार सिलिन्डर उपभोक्तासँग, ३७ हजार ढुवानीमा र ३७ हजार उद्योगमा भयो भने सहज वितरण हुन्छ ।
लकडाउन लम्बिँदै जाँदा ग्यासको अभाव हुनसक्ने भएकाले पनि उपभोक्तालाई आधा सिलिन्डर वितरण गरिने भएको हो । भारतबाट सहज आपूर्ति नहुँदाको अवस्थामा पनि वितरण गर्न सकियोस् भन्ने हेतुले आधा सिलिन्डर भर्न लागिएको हो । पौडेल भन्छन्, ‘सिलिन्डरका कारण थप समस्या नहोस् भनेर बेलैमा सोचेका हौँ तर उपभोक्तालाई भने सास्ती हुनेछ ।’
निगमका अनुसार अहिले पनि दिनमा एक लाख सिलिन्डर बजारमा गइरहेको छ । सुरक्षाका हिसाबले आधा सिलिन्डर प्रयोगमा ल्याउँदा फरक नपर्ने निगमले जनाएको छ । भरी हुँदा १४।२ किलोको सिलिन्डर पाइन्थ्यो भने उपभोक्ताले अब ७।१ किलोग्राम तौलको सिलिन्डर पाउने छन् । पौडेलले भने, हा‘मीले एक परिवारलाई महिनाको एउटा सिलिन्डर भनेका थियौँ, त्यो भनेको १४।२ किलो हो अब ७।१ किलोको दुईवटा पाउनुहुन्छ, एउटा परिवारलाई महिनामा १४।२ किलो ग्यास चाहिन्छ नै, परिणाम पुराउँछौँ, यो इमरजेन्सीको निर्णय हो ।’
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: