बेइजिङ । बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीन चिन्तित देखिएको छ। देशभित्र घरेलु संक्रमण शून्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएको छ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - मार्च २३ मा चीनमा देखिएको ७८ नयाँ भाइरस संक्रमितमध्ये ७४ केस विदेशबाट आएका अर्थात् आयातित केसहरू नै हुन्। नयाँ आयातित केसहरू थपिँदा चिन्ताको विषय बनेको हो। योसँगै विदेशबाट आएका संक्रमितहरुको कुल संख्या ४२७ पुगेको छ।
यस्ता आयातित केसहरू बेइजिङ, साङहाइ, क्वाङतोङसहित चीनका १२ वटा प्रान्त तथा सहरमा देखिएका छन्। सबैभन्दा बढी बेइजिङमा छन्। सोमबार देखिएका ७४ केसमध्ये ३१ वटा यहीं थियो। बेइजिङको स्वास्थ्य समितिका अनुसार, सोमबारसम्म बेइजिङमा यस्ता आयातित केसको संख्या १३८ पुगेका छन्।
पछिल्लो अवस्थामा यी आयातित कोरोनाभाइरस सङ्क्रमणले चीनलाई चिन्तित बनाएको छ। सोमबार आयातितबाट एक जना स्थानीय बेइजिङ नागरिक संक्रमित भएको पनि बताइएको छ। योसँगै बेइजिङले बुधबारबाटै बेइजिङ प्रवेश गर्ने सबैको अनिवार्य न्यूक्लिक एसिड टेस्ट गर्ने जनाएको छ। यसअघि ज्वरो आएको अवस्था र केही लक्षण देखिएको खण्डमा परीक्षण गरिँदै आएको थियो। यसै गरी गत शुक्रबारदेखि बेइजिङका लागि उडेका विमानहरूलाई अन्य सहरमा अवतरण गराइ त्यतै जाँच र क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरिएको छ। त्यसअघि मार्च १६ सोमबारबाट बेइजिङ उत्रेका सबैले स्वखर्चमा तोकिएको स्थानमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको थियो।
सो नियमअघिसम्म बेइजिङ फर्केका सबैलाई सेल्फ क्वारेन्टाइनका लागि भनिएको थियो। यसरी बाहिरबाट आएका चिनियाँहरूमा देखिनसक्ने कोरोनाभाइरस संक्रमण र यसबाट हुने सम्भावित प्रसार रोक्न पनि चीनले उल्लेखनीय कदम चालिरहेको छ।
हालसम्म बेइजिङमा आयातित १०७ केससँगै कूल ५२२ जना संक्रमित भएका छन्। तीमध्ये ४०० जना निको भइ फर्किसकेका छन् भने ८ को मृत्यु भएको छ। यसका साथै जनवरी २४ तारिखदेखि बन्द गरिएका बेइजिङका पार्कहरू, चिडियाखाना, ग्रेटवाल तथा पर्यटकीय स्थलहरू धमाधम खोल्न थालिसकेका छन्। स्थानीय सञ्चार माध्यमले सोमबार बेइजिङको सडकमा देखिएको ट्राफिकले बेइजिङ पूर्ववत् अवस्था पुगेको जनाएको छ। हाल चीनभरि नै स्थिति सामान्य बन्दै गएको छ। धेरै क्षेत्रका शिक्षण संस्थाहरू खोलिसकेका छन् यसै गरी कोरोनाभाइरसको इपिसेन्टर मानिएको उहान र हुपै प्रान्तमा समेत कलकारखाना सञ्चालनमा आइसकेका छन्। यतिबेला नेपालमा देखिएका केश पनि आयातित नै छन्। त्यसैले चीनको अनुभवबाट नेपालले सिकेर आफ्नो तयारी अघि बढाउन र नागरिक पनि त्यसमा तयार हुन आवश्यक छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: